मृत्यु अर्थात् जीवनको अन्तिम अर्थ
देउकुमार तामाङ,
खुदुनावारी
कालो चस्मा सहाराको लागि
लाठीको साहरामा
लर्बबराउँदै लरखराउँदै
सडक पार गर्न आँतुर जीवन
दरिद्र दृश्टिबिहीन नै हुनु पर्छ
सदा भैmँ आज पनि उ
मेरो नयनको पर्दामा आइपर्छ
उसंगको मेरो भेट नौलो पक्कै थिएन
उसंगको मेरो परिचय थियो पनि, थिएन पनि
त्यस्तै कुनै गहिरो सम्बन्ध थियो पनि, थिएन पनि
किन कि जीवन एउटा गतिशील रेल हो
हजारौं यात्रीहरु चड्छन् त
हजारौँ यात्रीहरु ओर्लन्छन्
को चड्छ, को झर्छ
उसलाई पटक्कै याद हुँदैन सबै थहा हुन सम्भव पनि त छैन
त्यसैले साइनो सम्बन्ध, परिचय भन्दा माथि
मानवताको नाताले
उसलाई म रोज सडक पार गर्न मद्दत गर्ने गर्छु
तर आज उ मेरो नजिक बन्दै धेरै पर पश्चिम सडक पार गर्न आतुर छ
उसलाई देख्ता यस्तो लाग्छ
उ कुनै हतारमा छ, अनि कुनै ठूलै लक्ष्य चुम्न आतुर छ
त्यसैले सँदा भैmँ उनको सहारा बन्न
म पूर्व सडकबाट उ तिर लम्कन्छु, हतारहतार
म नपुग्दै उ सडकको किनारबाट बिचमा पुग्छ
मेरो नजिकबाट एउटा दुरघटना मलाई चेतावनी दिँदै
आँधीको वेगमा पश्चिम सडकमा अघि बढ्छ
म आतिन्छु र कराउँछु
त्यो कोमल पूmललाई मेरो नयनमा पुन सजावउन खोज्दछु
सायद नचाहँदा–नचाहँदै पनि होला
उसलाई निर्ममताका साथ चुँडेर सडकमा छताछुल्ल भेट्छु
अब उ माटो वनेको छ, सडक बनेको छ
जीवनले मृत्यु पाएको छ, मृत्युले जीवनको अर्थ समाप्त गरेको छ
म सोच्दै छु, म देख्छु उनको जीवन चुँडी लाने सडक
कति जीवनहरु मृत्यु चुम्न वाध्य छन् सडकमा
कोबाट कहिलेबाट सुरु भयो सडकहिंसा
यसको अघि पछि क–कस्को हात छ
आखिर कहिलेसम्म
आतङ्कित सडकमा हिँड्नु जीवनहरु
किन कसैको पटक्कै ध्यान जाँदैन यसमा
यावत प्रश्नहरुको उत्तर खोज्दै जाँदा
मेरो क्रोधले सीमा ननागेको पनि होइन
तर बिडम्वना
म एउटा आकास ओडेर
जूनको सितल्ले प्यास मेट्दै
बगरमा निःसंकोच लेट्ने मान्छे
समाजको तिरस्कृत क्याकटस्
के नै गर्न सक्थ्ये उसको मृत्युमा
त्यसैले कसैको हातको अपेक्षमा
म रुन्छु, कराउँछु, गुहार माग्छु
मलाई सबैले सुने तर पनि कसैले बुझेन
म मनमनै मानवतालाई गाली गर्छु
उसलाई नाङ्गो बनाउँछु
उसको जीउँदो अस्तित्व खोज्छु
तर पटक्कै भेट्दिन
त्यसैले म लाचार बन्छु
अत्यान्तै नीरिह बन्छु
त्यसैले चुपचाप आँशु झारेर
ओइलिएको पूmल हेरिरहन्छु
पश्चिम क्षितिजमा डुबेको घामलाई हेर्छु, हेरिरहन्छु
अनि आपूm खोक्रो समाजको अघि नझुक्ने अठोट गर्छु
म आपूmलाई सम्हाल्ने प्रयास गर्छु
अनि आफ्नै मुटु छाम्छु
मुटु धेरै शीथिल र अन्तै सरेको भेट्छु
जीवनको अन्त्य हुन लागे भैmँ लाग्छ
अब म पूर्खाको त्यो विशाल मुटु सम्झन्छु र
खुम्चिएकोमा दुखी बन्छु, धेरै दुखी……….