मेरा दुई मित्र छन्

दिल भुटानी
बेलडाँगी,नेपाल

दुईतिर उभिएका
मेरा दुई मित्र छन्
एक चीन
दुइ भारत
र बीचमा म छु।

सग्लो छु या
किचिएको छु
तर तरुल कै मनोदशामा छु।

लाग्छ,
कहिले नेपाल ,कहिले भुटान
भएर यहाँ उभिएको छु।

सायद,
कहिले मान्छे,देश भएर उभिन्छ
कहिले देश,मान्छे भएर उभिन्छ।

र त तरुल
कहिले मान्छे,कहिले देश भएर उभिन्छ यहाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *