मेरो गाँउ
नबिन नेपाल
कोलोराडो, अमेरिका
कस्तो भयो होला मेरो, सानों गाउँ त्यो आज
याद आयो किन मलाई,सपनीमा पनि देखेँ आज
सानो गाउँ सुन्दर थियो, टार अनि पाखाबारी
जङ्गलले पो घेर्यो होला कि, घरबारी त्यो आज
गाईबाख्रा पगा लगाई,हिँड्थेँ म घाँस काट्न
लिपेचिप्ले खन्यौ ठोट्नेकाटेको, याद आयो आज
वर्षौँ वर्ष भइसक्यो छोडेको, त्यो सानो गाउँ
अर्कैले मेरो भन्दै गर्दा, मेरो भन्छ मन पनि आज
भिसा लिई पनि मैँले जान नपाउने रे त्यहाँ म
त्यस्तो कसुर गरेँ के मैँले, सम्झँदै छु म आज
सुदुर पूर्वमा जन्मिएको म एक भुटानी बालक
सुदुर पश्विम आई मैँले नगरिकता लिएँ आज
दु:खको इतिहास बोकी खुसी हुनु पर्ने रे मैँले
सत्यकथा लेख्न मन लाग्यो पुर्खौ पुर्खालाई पुग्ने आज