मेरो टोपी नझिक

कवि
कवि

चरण बजगाईं
मेरिल्याण्ड, अमेरिका

मैले महँगो किनेको ढाका टोपी यो
मेरा संगीले बलिदान दिएको चिनो
कृपया नेपाली टोपी फुकाउ नभन
मेरो भाषा र संस्कृति अपरिचित नगन

मेरा अग्रज नेपालित्व लिएरै मरे
मेरा भावी पिडीलाई चाहिन्छ यो भरे
त्यसैले म नेपाली बिच नभए कोत?
नेपालित्व बचाउनै मेरो यो हाल भो त

आमाको महत्व काखमा बस्नेलाई के थहा
छलिएर जङ्गलमा चिच्याउदा महसुस हुन्छ जहाँ
त्यसैले ममा पागल पन नरोप वीर नेपाली
मेरो टोपी मेरै हो यसको स्वामित्व छैन ख़ाली

सिमाना पारी पनि दाजुभाइ हुन्छन्
भिन्न कागजातमा पनि भाषा झल्किन्छन
त्यसैले अब म को एउटै संस्कृति र भेष
नेपाली भन्नलाई संस्कृति-भाषा कि देश?

मैले गौरवशाली काम गरे नेपाली चिन्दछ
मैले दूरनाम चलाए उही नेपाली जान्दछ
त्यसैले जोगिन्दैनौ केही गरेर हैन भन्दैमा
तिम्रो रङ्ग रूप फेरिन्दैन धनी बन्दैमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *