मेरो देश, मेरो नेपाल
दिव्या आचार्य
काठमाडौँ, नेपाल
मेरो देश, मेरो नेपाल
हिमश्रृङ्खला अनेक छन् जहाँ,
छन् नदी नाला
प्रकृतिले घेरेको छ जहाँ
मेरो जन्म भयो त्यहाँ
मेरो देश, मेरो नेपाल ।
हरियो डाँडाले घेरेकोछ यसलाई
वन पाखाले सजाएकोछ यसलाई
सानो छ त के भयो?
संस्कृतिले सजाएकोछ यसलाई
मेरो देश , मेरो नेपाल ।
चराचुरुंगी खेल्छन् रमेर
जीवजनावर उफ्रन्छन्
बोटविरुवा छन् फक्रेका
रुख वृक्ष छन् अनेक
मेरो देश , मेरो नेपाल ।
कहलिन्छ दोस्रो धनी देश
जलसम्पदामा नेपाल
भूबनोटमा पनि के कम छ र?
मेरो देश , मेरो नेपाल ।
अनुरागमय वातावरणले घेरिएको छ यो
अनुपम सौन्दर्यले भरिएको छ यो
कहीँ खोट छैन यसमा
अमूल्य प्राकृतिक आभूषणले बेरिएको छ यो
मेरो देश , मेरो नेपाल ।
हिमाल, पहाड, तराई
बाँडिएकोछ तीन भागमा
सारा नेपाली एक हुन्
कोही छैन पराई
मेरो देश , मेरो नेपाल ।
संस्कृति छन् यहाँ अनेक
तर कहीँ छैन भेदभाव
हामी एकजुट नेपाली हौँ
यही छ सारा नेपालीको सद्भाव
मेरो देश , मेरो नेपाल ।
को हिन्दु , को बौद्ध
कसको मन्दिर, कसको गुम्बा
छैन यस्तो भेद्भावको सोच यहाँ
रमाउँछन् सबै एकअर्काको खुसियालीमा
मेरो देश, मेरो नेपाल।
सीताले जन्म लिइन्
टेके पहिलो पाइला बुद्धले
भृकुटीले शान्ति छाइन्
शिर उठायो सगरमाथाले
मेरो देश, मेरो नेपाल।
सानो छ यो देश मेरो
तर संस्कृति छ ठुलो
धेरै जातका छन् जनता
तर आवाज छ एक
‘मेरो देश, मेरो नेपाल
सुन्दर शान्त विशाल‘