मेरो पन्चाङ्गमा

कवि
कवि

प्रतिमान सिवा
ओहाइयो, अमेरिका 

हो……….
तिमी पत्याउँदिनौ होली,
मैले साँच्चै भनेको हुँ,
तिमीले मलाई
काले भने पनि
गोरे भने पनि,
म ‘म’ नै हुँ,
किन भने,
मेरो पन्चाङ्गमा
कुनै जातीय दिवस छैन ।

मेरो छातीलाई मेरै नङ्ग्राले
च.. र.. र.. र…. चिरेर
फोक्सो, कलेजो अनि मुटुलाई
चिथोर – चाथर….. पारेर
ताता अनि राता,
हो…… तिम्रै जस्ता राता
रगतका छिर्काहरु सङ्गै
निर्धक्क भन्न सक्छु
म ‘म’ नै हुँ,
किन भने,
मेरो पन्चाङ्गमा
कुनै जातीय दिवस छैन ।

सामजिक उल्झनमा टेवा लागेको
मेरो नियती खोटो होइन
यो बेमेल समाजनै खोटो छ,
तेसैले त म, केवल ‘म’ हुँ,
किन भने,
मेरो पन्चाङ्गमा
कुनै जातीय दिवस छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *