मेरो प्यारो गोपिनी गाउँ

मधु घिमिरे
मासाचुसेट्स, अमेरिका
स्वर्गै भन्दा प्यारो मेरो
जन्मेको  हुर्केको ठाउँ
अन्तिम स्वस सम्म सम्झन्छु
मेरो प्यारो गोपिनी गाउँ   (१)
पूर्वमा पर्ने लाली खर्क
पश्चिममा छ खोर्साने गाउँ
छाती भरि नै सजाएको छु
मेरो प्यारो गोपिनी गाउँ  (२)
कल कल बग्ने उत्तरे खोलो
पारी पट्टिको डिङ्ने गाउँ
पल पल सम्झना आइरहने
मेरो प्यारो गोपिनी गाउँ  (३)
हात्ती ढुङ्गा मुसुक्क हासीँ
भन्छिन् प्यारी गोपिनी जाउ
सुन्दर शान्त मनोहर हर्दम
मेरो प्यारो गोपिनी गाउँ  (४)
नून पानीले बडरेले
भन्छन् गोपिनी आउ रमाउ
डम्फू बजार स्वागत गर्छ
मेरो प्यारो गोपिनी गाउँ  (५)
बीचगाउँ र त्यो सलामीमा
राखेँ मेरो पहिलो पाऊ
छोएर छाती भन्न सकूँ म
मेरो प्यारो गोपिनी गाउँ  (६)
स्वर्गको सानो टुक्रा समान
पृथ्वी तलको मेरो ठाऊँ
नशा नशामा तरङ्गित हुन्छ
मेरो प्यारो गोपिनी गाउँ  (७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *