म भित्रकी ‘म’

माया भट्टराई
केन्टकी ,अमेरीका

कवि

हो रूखबाट सुकेको
पात झरेर माटोमा बिलाए जस्तै
मेरा कयौँ यादहरू बिलाए,अस्ताए
ओझेलिए कति कति
केवल मायाको यादमा,पर्खाइमा….. I

मैले मायाको बन्धनले
कति कसिलो गरी बाँधेकी थिएँ
तर, बिछोडको हुरी
चल्नु रैछ जिन्दगीमा,
आखिर हुरी चली छाड्यो,
मेरो मायाले सजाएको
सुन्दर संसार भत्काएर छाड्यो I

हो त्यहाँदेखिनै मैले आफ्नो
घरबार, सान्सारिक मोह त्यागेकी छु
आफन्तको मायाबाट टाढा छु
बश म ममात्र भएर रहेकी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *