म मातेको मान्छे

अनन्त आचार्य 
अष्ट्रेलिया

म उपेक्षित मान्छे
मरीसके पनि मारिएको मान्छे
जताततै सड़कमा चेपिएको मान्छे
लुटिएको मान्छे
उपहासले बेरेको मान्छे ।
चोटहरु पिएर मातेको मान्छे
नैराश्यले जताततै समातेको मान्छे
एकहोरो चट्टानले थिचेको मान्छे,
म रोएको बेला कलमले कथा भन्ने मान्छे
बीच बाटोमा छोड़िएको मान्छे,
हातपाउहरु भाँचिएको मान्छे,
जिउँदै मरेको मान्छे ।
तर,
मरेर पनि बाँच्न खोज्ने मान्छे
म उपेक्षाको नशा पिएर मातेको मान्छे,
रोएर पनि हाँसेको मान्छे ,
भाँचिएका हातपाउहरूमा
हत्कड़ी र नेल लगाइएको मान्छे ,
म अनौठो मान्छे
म अनौठो मान्छे ।

29th Jan 2011

Leave a Reply

Your email address will not be published. Required fields are marked *