म र पाइताला

Ohio, America

डिल्लीराम रेग्मी 
ओहायो, अमेरिका 

छोडिएका आफ्ना पाइतालाका डोब
बग्रेल्ती आफैँलाई पछ्याए झैँ लाग्छ
फर्की हेर्दा यस्तो लाग्छ मानौँ
यी सबै मेरा मात्रै होइनन्
अरू कोही मसँगसँगै
हिँडिरहेछ
थाकिरहेछ
हारिरहेछ
हाँसिरहेछ
रोइरहेछ
गाइरहेछ
सुतिरहेछ
मोज गरिरहेछ
बेवास्ता गरिरहेछ
निस्फिक्री साँच्चै नै
अरू कोही
हरेक पाइतालामा
पल पल साथै रहिरहेछ…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *