यसरी किन पल्कायो
इन्जिनियर राकेश कार्की
लस एन्जेलस, अमेरिका
यसरी किन पल्कायो ढुङ्गे धाराको पानीले
जाउँ जाउँ लाग्ने तिम्रो त्यो चुलबुले बानीले
पानीसँगै पोखियो मनको कुरा छल्केर
आँखा चिम्लि जे मागे हुन्छ पुरा कल्पेर
ढाका चोलो सुहाको बाहुला भिज्यो पानीले
माया बसेछ तिम्रो त्यो चुलबुले बानीले
यसरी किन पल्कायो ढुङ्गे धाराको पानीले
लर्क्यो कपाल पन्छाउँ कि कति राम्रो मुहार
बिहानीको जाडोमा न्यानो न्यानो पहार
धेरै खुसी दिने भो आउने जिन्दगानीले
गाउँ गाउँ लाग्ने तिम्रो त्यो चुलबुले बानीले
यसरी किन पल्कायो ढुङ्गे धाराको पानीले
मार्च ११, २०२०