यात्रा
सहयात्री ढकाल
अमेरिका
कहाँ सम्मको हो
तिम्रो यो यात्रा
निरन्तर खोला
झैँ बगिरहेको छौ
सागरलाई पछ्याउँदै
एउटा गहिराइ सम्म
हो
या त,
जीवनमा दौडनु
मात्र दौडनु हो
भनेर अरूलाई देखाएको छौ
दौडमा दम हुनु पर्छ
उद्देश्य हुनुपर्छ
गन्तव्य हुनुपर्छ
के छ?
तिमीसँग
म देख्दै छु
पाइलाहरू चल्दैछन
म देख्दै छु तिमी
दौडिरहेको छौ
चुपचाप दौडिरहेको छौ।
म सोध्न सक्छु
म शुभकामना दिन सक्छु
म पनि तिमी जस्तै
भाग लिन सक्छु
या त,
तिमी एक्लै दौडिन चाहन्छौ
वश
मलाई यसको उत्तर देऊ
मैले पनि मात्र बुझेको छु
जीवन नै यात्रा हो
म यसो भनिँरदा
अपूर्ण पनि हुन सक्छु
मेरो मानसपटलमा सधैँ
यहीँ प्रश्नको लहरै लहर छ
तिमीलाई पनि यहीँ प्रश्न सोधिरहन्छु
वश,
तिमीले पनि यसको उत्तर दिनु पर्छ
हो म तिमीलाई सोधिरहन्छु
सधैँ सधैँ