युद्ध अवशेष

Ohio, America


डिल्लीराम रेग्मी 
ओहायो, अमेरिका 

अब बाकी नै रहला के?
यी भत्किसकेका भवनहरू,
यो जलिसकेको पुल
यी लडाइएका स्मारकहरू
र यो माटोबाट आइरहेको बमको बारुदको गन्ध
मात्र यही सीमित रहनेछ सायद यहाँ
तर
म यो पनि चाहन्छु कि
यी अवशेषहरू सँगसँगै
एउटा कविको
प्रेम कविताको डायरीको अवशेष पनि फेला परोस्
र संसारमा फेरि प्रेम बाँडियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *