यो मन तेसै आत्तिरहेछ
डिल्लीराम शर्मा आचार्य
नर्वे
यो मन तेसै आत्तिरहेछ
कापिरहेछ, तर्छिरहेछ
आज मन्को ढुकढुकीमा केवल
सम्झनामात्र अल्झिरहेछ
सारथी विनाको रथ झैं दिशाहीन
कुमार्गका गल्ली गल्लीमा
उल्टा पांग्रा गुडिरहेछ ।
जो देख्छ तर ऊ बोल्दैन
नैतिकता च्यूत भएर
जो बोल्छ केवल ऊ देख्दैन
दुवै लोचन छोपिएर ।
आयो आयो खायो खायो
शव्द कानमा गुञ्जिरहेछन्मौ
नब्रती मुख टोलाएका लोचनहरु
अर्धजीवीत शरीर बोकेका पाइतालाहरु
वरिपरि डुलिरहेछन् ।
कतै छातीमा लोचन थुरिएर
उधो उधो गर्दै इसारा गछर्न्
जिम्मेवारीपन बिर्सिएर
कलिला आँखाहुनेहरु पग्लिएर
आफ्नो जीउ नै किनाउछन्क
तै संसारलाई बहादुरीले चिन्हाउछन् ।
कसैको छेउमा बस्न सकिन्न
उसको शरीरबाट दुर्गन्ध निस्केकोले
अरु पनि जान घिनाउछन्
आजकल उस्को शरीर नै गन्हाउछ
बगरमा सडेको माछो झैं
देख्ने छट्पटाइरहेका छन्
आज उसले को चिन्न सक्छ ?
यो मन तेसै आत्तिरहे छ ।