यो हियो

कवि
कवि

भानु ढुंगाना
क्यानाडा

किन किन, तड्पिन्छ अझै यो हियो ?
प्रश्न प्रतिप्रश्नको पर्खाल बन्दै छ यो अझै !
अझै पनि उत्तर तत्पर छैन कतै !
यसैले यो हियो! तड्पिरहेछ अझै
जारी तड्पिरहने मुटुको चोट भयो कतै
भत् भत् पोलछ, चित्त बिथोल्छ ,
आत्मग्लानीको घाउ चर्काई !
ज्वाला दन्दनी दन्किएर
भड्डुमा उमालेको बाफिलो पानी झैँ हुन्छ
हृदय तड्पाई तड्पाई
प्रश्नै प्रश्नले छुन्छ
आकुल व्याकुल जीवन यो पागल हुन्छ !
यो हियो डढेको आत्मालाई पनि
फेरि वचनरुपी तिरहरुले प्रहार गर्दै
छिया छ्यान्द्रा बनाउँछ !
तै पनि अझै गम्भीर गम्छ !
प्रश्न मेरो उत्तर सहित यही हो
ती उनीहरूलाई किन भुलेको हो ?
गर्जमान गुरुङ, डि बी गुरुङ !
महासुर क्षत्री, सीता मोथे !
मनबहादुर क्षत्री, थुक्पावाल्नी !
यी आत्माहरू ! यी मानवताका परमात्माहरु !
हामीले आज किन भुलिरहेछौँ ?
हिजो रुँदै छोडेको देशको माटो
हाम्रो रगत पसिना र आँशुले भिजेको माटो !
किन भुलेको हाम्रा साथी कैदी बन्दीको बाटो
भो अब नसुतौँ, उठौँ, जागौँ, जगाउँ
आफू जागे दुनियाँ जाग्छ
हामी जागे बैरी भाग्छ
जागौँ जागौँ हामी जागौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *