रमाइलो पेन्सील

कवि

श्यामप्रसाद खनाल
पेन्सिलभेनिया, अमेरिका

सुन्नुहोला! शुभगुण पर्देशि दुनीया,
यौटा काख प्रिथ्वीको नि रहेछ बढ़ीया।
डाँडा, खोल्सा सुहाउँदो पेन्सील भेनीया॥१॥
पहाडमा दुलोपारी रेल,  गाडी बाटो,
दिन भर्को दूरी बाटो चार्घन्टा मै काटो।
हुन्न वाडी पहिरो जङ्गल बढीया ,
विचारौँ है अडीएर पेन्सील भेनीया॥२॥
हिमाल झैँ हिम पात दक्षिणा महीना,
तराइ झैँ चर्का घाम उत्तरायणैंमा।
तर पनि बढी कष्ट हुन्न है जनैमा,
रक्षा बढी सर्कारको पेन्सिल भेनीया॥३॥
रोजगारि दिलाउने कम्पनि रसीला,
वर, पर, तल​,माथि,मुस्किल​,सजीला।
रेखा,पाखा,बुटा,रुख​,चउर मलीला,
घर्छेउमा मृग खेल्ने पेन्सील भेनीया॥४॥
भूटानी र अमेरिकी मिल्दो गति,नीया,
निर्धो माथि दया गर्ने हितैषि दरीला।
घुमाउरो सडक छ कठीन गरीमा,
तर पनि रमाइलो पेन्सील भेनीया।
तर पनि रमाइलो पेन्सील भेनीया॥५॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *