रुखकी चरी-स्वर्गकी परी
श्याम खनाल
कान्सास, अमेरिका
चि भा को माझैमा लह लह बढ्यो भूवन तरू ।
उसैमा झ्याम्मीए भरि चर चरे कन्चिरनु उ॥१॥
त्यसैमा न्याऊली कल कल गला प्यासि विचरी ।
वनै वन्की बासी उडि पुगि थपक्कै कुन घरी॥२॥
बसी राम्रै मानी मुजुर लहरा पातकि परी।
अँगालो हाले झैँ सरि भइ कला वागिनि चरी॥३॥
भुवन्को उत्तानो शिखर चडि साखा उपरभै।
रची आफ़्नो साखा भरि तरु लताकै शरि सबै॥४॥
कराऊँथे वच्चा स्वर मधुर न्याउल्गरि गरी।
बसी रम्थे आफ़ैँ अल मल परी नक्कल गरी॥५॥
सदा वेला खूसी कुन बखत नै दुःख नपरी।
कुनै बेला आयो अपरझट हुन्डी वन भरी॥६॥
उडाएको वेगै गति विच चरा छिल्विल परी।
रुँदै, उड्दै, बुढ्दै गगन कटिए ख्याल नगरी॥७॥
वतासीँदै माथी धरणि तजि द्यौतै सरि गरी।
पुगी वसिन्दा भै रुखकि उ चरी स्वर्गकि परी॥८॥
नभो निद्रा प्यारो न वन छ वरै प्राक्रितिकमा।
न लौ लाग्यो तिर्खा पिउँ जल त झर्ना विच तहाँ॥९॥
न फ़ेर्भोकै लाग्यो फ़ल छ रसिलो खाँ भनि वहाँ।
बरू भो छाडदिन्छू म त रमि सकेँ द्यौ पुरि महाँ॥१०॥
रुखै राम्रो, प्यारो जननि ममता पूर्व धरणी।
बरू लाटी,फ्याङ्री,डुढि किन न हुन्खास जननी॥११॥
उनैको मायाले छिन पल त वेला वखतमा।
मनै यो दौडीगो जनम धरणी स्वर्ग सवमा॥१२॥