रुबाईयात

लक्की राशी
केन्टकी, अमेरिका 

जीवन र मृत्यु बारे छुटेका कुरा लेख्न बाकी छ
निर्दोष हातका चुरा फुटेका कुरा लेख्न बाकी छ
नारी हत्या हिंसा कुट पिट बलात्कार धेरै लेखियो
अब बुढीले बुढा कुटेको कुरा लेख्न बाकी छ

**********************

नखेल्नु पर्ने खेल खेल्न थाले
मैले संस्थामा पैसा पेल्न थालेँ
अध्यक्ष नै बनाउँछु भने पछि त
आफूलाई जबरजस्ती ठेल्न थालेँ

************************

कमजोरी आँशु झार्ने नगर
समस्यालाई हाँसेर टार्ने नगर
तिमी आफै काफी छौ त
दुनियाँबाट ओसार्ने नगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *