रुवाइ

लेखक

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

सबले भनुन् कस्तो राम्रो नीति
हासी खुशी रहने कस्तो राम्रो रीति
संयोग बनोस् तिम्रो मेरो मिलनमा
छुटिँदा भनुन् कस्तो राम्रो मिति

नखोज भेटिन्छन् धेरै केटीहरु
हेसमा रहौं दिन्छन् धेरै भेटीहरु
सब आकार विभिन्न विभिन्न छन्
मेटाउँदा पनि रह्न्छन् धेरै मेटीहरु

दिलमा एउटा नराम्रो चोट बस्यो
हरेक मलम लाएँ झन खोट बस्यो
जमाना परिवर्तन भएको दिल रहेछ
जवानीको सिममा हजार नोट बस्यो

मैंले खोजे जस्तै उनी राम्री
जुनताराबीचको धुनी राम्री
खै के भो के आकाशमा त?
बेसरम आँखामा खुनी राम्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *