रेखा कविता २: अन्तिम दिन

कवि

म विचित्र संसारको
रङ्गिन रंङ्गहरुमा आफैंलाई खोजी
सबलाई सोधी–सोधी हिँड्छु
म कति आवश्यक छु ?
मेरो निश्चित लक्ष्य कहाँ सम्म ?
म भौंतारिएर जिवन, लक्ष्यमा, भविष्य खोजी
समय समयको घनचकरमा चक्कर मारी
सानो मसिनो हुँदै नौलो गन्तब्यमा पुग्छु
निराश वर्तमानलाई टेक्दै ।
सुन्दर गोरेटोको विकल्पमा
विकल्प समयले डोराएको बाटो रहेछ
हिँड्दा हिँड्दै विगत भुली वर्तमानलाई
जीवनको विकाश मार्ग अपनाउन बाध्य
गराउँदै जीवनलाई जिउन सिकाउने ।
आजमात्र थाहा भो ? जीवन दर्पण–छाँया
निर्जिव बस्तुसँग जीवन मिलिजाने
दु:खसुख सब सबै एक ठाउँ रहने
प्यारो माटो छातीमा राखी सलाम चठाउँदै
अन्तिम दिन आत्म हातमा धमाउँदै
भन्ने छु म “अझ पनि बुझ्न सकिनँ ”
मेरो वर्तमान, भविष्य र जीवन..
सायद, सबले खोजेको यो दिन
अति रोमञ्चका साथ अन्तिम दिन होला
एकले अर्कालाई भविष्य भन्न नपाउँदै
जीवन खोज्दा खोज्दै
अन्तिम दिनमा प्रवेश गरी
नौलो संसारको रेखामा पुर्नजन्म
एक यस्तो अन्तिम दिन
सबको आउँछ…..

One Reply to “रेखा कविता २: अन्तिम दिन”

  1. Raj

    नमस्कार अर्जुन सर
    तपाई ले नेपाली साहित्य कति पढ्नु भा छ ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *