रेण्डम राईटिङ्ग
बादल
बेलडागी–३
पहिलो विश्व युद्ध पछि मित्रराष्ट्र रसियाका पन्ध्र अरब शरणार्थीहरुको उद्धारका साथै सहयोगका निम्ति शरणार्थी उच्च आयोगको स्थापना सन् १९२१ मा डा. नानसेनले गरेको पाइन्छ । शरणार्थी उच्च आयोग संयुक्त राष्ट्रसंघ (league of Nations) मा आबद्ध भयो । विश्वलाई एक छातामा अटाउने उद्देश्य लिए पनि ठूला शक्तिमान राष्ट्रहरुले आफ्नो शक्ति प्रयोग गर्नु भन्दा अरु केही हुन सकेन । फलस्वरुप छोटो समयमा नै प्रयोग विहीन हुन पुग्यो र दोस्रो विश्व युद्ध सुरु हुन पुग्यो । स्थापना कालबाटै उद्धार र सहयोगमा क्रियाशील UNHCR सन् १९५१ सम्म कोठे बैठकमा सिमित, सन् १९५१ मा गरेको पहिलो अन्तराष्ट्रिय सम्मेलनले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको ( United Nations convention Relating to the status of Retugees.1951) उद्देश्य निर्धारण गर्नुका साथै शरणार्थी परिचय पत्र दियो । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तले गर्दै आएका शरणार्थी समस्या समाधानका कार्यहरु :
१.स्वदेश फिर्ता
२. तेस्रो राष्ट्रमा पुर्नवास
३. शरण लिएको राष्ट्रमा स्थापना
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयुक्तले आज सम्म आई पुग्दा १५७ (एकसय सन्ताउन्न) राष्ट्रका शरणार्थीहरुलाई सहयोग र उद्धार गरेको पाइन्छ । कुनै पनि राष्ट्रको शरणार्थीहरु स्वदेश फिर्ता भएको पाइँदैन । UNHCR ले देश फिर्ता जस्तो राजनीतिक मुद्दामा हात लाउँदैन बरु मानवीय सहयोग आजीवन गर्न सक्दछ ।
पन्ध्र पटकसम्म दुई पक्षीय नेपाल भूटान बार्ता भयो तर के भयो र किन भयो, कहिल्यै भूटानी शरणार्थीहरुले जान्न र बुझ्न पाएनन् । शरणार्थीहरुको प्रतिनिधि उपस्थित गर्नु त कता हो कता के कमीकम्जोरी भयो त्यो पनि बुझन सकिएन ।
स्वदेश फिर्ता हुन पाउनु पर्छ भन्दै शरणार्थीहरुले नारा लगाउँदा नेपाल सरकारले बन्दुकको गोलीले क्याम्प भित्रै शरणार्थीहरुलाई क्षत-विक्षत बनायो अर्को चरणको आन्दोलन गर्दा नेपाल भारत सिमामा (मेची पुलमा )फेरि दमन ग-यो | एकजनाले घटना स्थलमै सहादत प्राप्त गरे भने २१ जनाको हात र खुट्टाभाँचियो । सन् १९८९ मा नेपाल सरकारले टेकनाथ रिजाललाई झापाको विर्तामोडदेखि पक्रेर भूटान सरकारलाई बुझायो । नेपाल सरकारको यो भन्दा ठूलो गैरजिम्मेवारीपन अरु हुनै सक्दैन । जब शरणार्थीहरुको तेस्रो देश पुनर्बास सुरु भयो रिजाललाई ३६ लाख रुपयाँ दिएर आन्दोलन चर्काउन लगाउने नेपाल सरकारको यो दोहोरो चरित्रबाट शरणार्थीहरुले के बुझ्नु ?
नेपाल सरकारले कहिल्यै पनि शरणार्थी समस्या समाधान गर्न सक्दैन कारण नेपालमा विश्वका २२ राष्ट्रका शरणार्थीहरु पहिलेदेखि नै छन् । भूटानी शरणार्थीहरु भन्दा निकै पुराना तिब्बती शरणार्थीहरु छन् । विदेशी शरण लिने त भयो –भयो आफ्नै दशका १० लाख जनताहरु अन्तरिक रुपमा विस्थापित बन्न पुगे द्वन्द्वकालमा ।
शरणार्थीहरु माझ बल्ल–तल्ल क्रान्तिकारी नाम लिएका पाटीहरु त जन्मन्छन् तर गर्भ मै तुहिएर । परिवर्तनको नयाँ जिम्मेवारीको कुरा गर्नु पर्नेमा हामीमा नै भूमिगत कस्तो पाटी भो ? कस्को पार्टी हो यो ? भारतको हरेक स्टेटमा उगग्रवादीहरु छन् । त्यो केन्द्रिय सरकारको पोलिसि हो । विभाजन गर र शासन गर को नीति सरकारले लिएको छ, जहाँ विपक्षी अल्पमतमा पर्छ, त्यहाँ उग्ग्रबादी जन्मिएकै छन् । उल्फा र बोडोसँग सहजै भूटान सरकारको सम्पर्कले अर्को अर्थ राख्छ । भारतको उग्ग्रबादीको सम्पर्कले हामी माझ जन्मिएको क्रन्तिकारीले (भन्ने कुराले) अर्थ राख्दैन । ब्रिटिश इष्ट इण्डीयमा भर्ति भएर पहिलो र दोस्रो विश्व युद्ध नेपालीले लडे पनि जित त ब्रिटेनको भएको थियो । भूटानलाई बजाउनु पर्ने कान्तिकारीहरुले अरुलाई जिम्मा दिँदैछ । गान्धीलाई हानेको गोली र रमेश सुब्बालाई हानेको गोली, बुडाथोकीलाई काट्ने खुकुरी र दार्जेलिङ्गमा तामाङलाई काट्ने खुकुरीमा केही फरक छैन । ठाउँ, समय र मान्छे मात्र फरक हो अरु केही फरक छैन ।
तेस्रो देश पुनर्वासमा लगेपछि फेरि फर्कने त सम्भवनै छैन । कुनै पनि व्यक्तिले दुई राष्ट्रको नागरिकता लिन पाइँदैन । लिएमा त्यो वैधानिक हुँदैन । नेपालीमा उखान छ नि ‘मर्नु भन्दा बहुलाउन निको’ क्याम्पस बसेर जाँड–रक्सी र ड्रक्सको कुलतमा लाग्नु भन्दा अमेरिका जानु धेरै बेस छ । रात–रात क्याम्पमा माफियाले पैसा लिएर जे पनि गर्ने प्रवृति बडेको पाउछौं । जतिनै राम्रो काम कुरा गरेता पनि अराजकता पैदा हुने सहजरुपमा सोच्ने नदिने विदेशी प्रभुहरुको रबैया हो । यसबाट हामी मुक्त हुनै पर्छ । क्याम्पमा शरणार्थीहरु जति स्थापित भयो हाम्रो मुद्दा उतिनै जटिल बन्दै गयो जति पनि संघसंस्था यहाँ आए उनीहरु सेवा मुखी बन्नु भन्दा पनि पैसामुखी मात्र भए । उनीहरुको उतिनै धेरै पैसा मुखी मात्र भए शरणार्थीहरुलाई जति दुख्यो उनीहरुको उति नै धेरै बेपार फस्टायो , शरणार्थी मर्दा घट्नु भन्दा पनि बेपार बड्नुले संघसंस्थाहरु भने सुनिएर मोटाए । नेपाल सरकारले कहिले पनि शरणार्थीको हित हुने काम गरेन । विदेशी प्रभुहरुले नेपाल सरकारलाई जाल फ्याकेर डाडु–पुन्यु बनाएर निरन्तर प्रयोग गरिनै रहे । सरकारले चाहेमा नहुने केही छैन तर सरकार शरणार्थी समस्या सुल्झाउन कहिले चाँहदैन । प्रति व्यक्ति २२ डलर शरणार्थीहरुलाई UNHCR ले दिएको राहत छ पपन्ध्रलाई तर मुस्किलले चार सय देखि पाच सय पाउँछ एक व्यक्तिले । कस्ले कस्लाई सोध्ने र खोज्ने । प्रयोगमा आउन नसकेको वन जंगल शरणार्थी शिविर बनेको छ । एक हट बराबर आठ सय (८००) UNHCR ले नेपाल सरकारलाई तिर्छ । क्याम्पमा चार पाँच सय नेपाली कर्मचारी छन् । बेरोजगारी बडिरहेको देशमा हातमा डलर बेतन दिँदा कस्ले छाड्छ । पैसा नभै पनि नहुने हँदा पनि काल निम्त्याउँ छ; पैसाले बनिएको मान्छे आफनो हुँनै सक्दैन । हावा भरेर रबरले बेलुनको रुप लिए जस्तो मात्र हो हावाछोडिँदा त्यसको अस्तित्वनै नरहने पैसाले समेत मान्छेलाई उस्तै बनाउँछ ।
अमेरिका पुनर्वासमा जानेहरु कसै राम्रो भन्दछन् त कसै नराम्रो । नराम्रो लाग्नु त त्यो हाम्रो होइन, राम्रो लाग्नु त्यसको अर्थ नै रहन्न । मान्छेको स्वभाव पैसा अरुको धेरै देख्ने, बुढी अरुकै राम्री । धरकी स्वास्नी जतिनै असल भए पनि मान्छेलाई के मन पदैन–पर्दैन । अमेरिका नराम्रो पनि होइन । शरणार्थीहरुको लागि एक अवसर पनि हो । तर त्यहाँ विलिनु मात्र जानुको कुनै अर्थ रहदैन ।
अमेरिकामा पैसा कमाउन पनि सकिन्न साथै चाहे जस्तो बाँच्न पनि सकिन्न । तर झुण्डिनु त भएन नि । बाँच्नु पर्छ भावी सन्ततीहरुका निम्ति । अमेरिकनहरु धेरै बाँच्ने आयु भनेको ५३ वर्ष हो । त्यहाँको समयको चाप कामको बोझ सहरीकरण, बासीखाना, अप्राकृतिक वातावरण प्रमुख कारण हुन । पैसाले दौडाएर मानिस आफ्नो लागि समेत वेफुर्सद छ । आफ्नो लागि, परिवारको लागि भविश्यको लागि कसैसँग समयनै छैन । समयले ठेलेर मानिस हुत्याको हुत्याकै यति संक्रीण र लोभी बन्न पुग्दछ । मान्छेमा परिवारसँग केही समय बिताउनु भन्दा पनि त्यो समय काममा खर्चेको थियो भए आठ डलर कमिने थियो भन्ने सोच पैदा हुन्छ । परिवारले बाँच्ने जीवनलाई ऊर्जा दिन्छ, परिवार नै मानिसको जीवनको स्रोत हो भन्ने त कथा जस्तो हुन पुग्दछ ।
नगएर पनि उपाय छैन । सन्तुलित जीवन यापन गर्नु पर्दछ । जीवनको लोभ गर्नुहोस् । छोटो समयमा धेरै कमाउने छिट्टै मर्ने होइन, कमाउने पनि बाँच्ने पनि गर्नु होस् । मन्द गतिले ढाड दुख्ने, शरीरमा लुर (लागत) नहुने, निन्द्रा नलाग्ने, खाना नपच्ने, दिमाग शान्त नरहने, सकारात्मक सोचाई नआउने, उश्रृङ्खल गतिविधिमा मन बडि जाने नेपालबाट अमेरिका पुनर्वासमा जानेहरुका प्रमुख रोगहरु हुन । यी दीर्घ रोगहरु हुन् । आफ्नै दिमागले भ्याउने राम्रा कामहरु गर्नु होस् । कुनै काम राम्रो र नराम्रो, ठूलो र सानु हुँदैन । घरको परिवारसँग समय बिताउनु होस् । आफ्नो उमेरमा गरेको राम्रो नराम्रो कामहरुको मुल्याङ्कन गर्नु होस् । नराम्रो भए पनि आफूदेखि नलुकाउनुहोस्, मनमा संकोच पैदा हुन्छ र पछि यो नै मनरोग बन्ने खतरा हुन्छ । नौलो समाज, नयाँ परिवेश भएको हुँदा यसलाई अवसरको रुपमा लिनुहोस,केही सिक्नु होस्, केही बुझ्नु होस् । आफूले गरेको गल्ती स्वीकार्नु होस् । आफूलाई अझ परिस्कृत गरेर लैजानु होस् ।