रेल गाडी

जय हुमगाई
क्यानडा
आऊ नानी बाबुहरू
 खेलौँ एउटा खेल
हात राखी कम्मर माथि
लामो बनाँउ रेल
छक छक  रेल गाडी
आँखा बाली आयो
प प प प बाजा बजाई
बाटो छोड्न लायो।
हाम्रो सानु रेल गाडी
कति रमाइलो
फन-फनी गाउँ घुम्छ
सारै रमाइलो
कम्मर माथि हात हाम्रो
कस्तो रमाइलो
बोल्छौ सधैँ मिठो बोली
उस्तै रमाइलो।
स र र रेल गाडी
छुक छुक गर्दै आयो
धुवाँ धुलो उडाएर
गीत हाम्रो गायो
एउटा रेल धेरै डब्बा
पालै पालो आयो
खाली डब्बा भराएर
भारी बोकी ल्यायो।
रेल गाडी कुदाउँदै
क ‘ख’ पढौँ नानी
आफ्नो भाषा पढी लेखी
अनि बनौँ ज्ञानी
स्कुल जाँदा रेल गाडी
घरमा आउँदा ताली
लामो रेल बनाउँछौ
बस्ने छैनौ खाली।

Leave a Reply

Your email address will not be published. Required fields are marked *