“लै न मलाई पागल बनाइदेऊ“

डिल्लु चम्लागाई
ओहायो, अमेरिका

एकछिन मलाई पागल बनाइदेऊ!

किन ? उसले झस्किएर सोध्यो ?
मलाई पनि देश हल्लाउने मन छ
आफैँ यो सञ्जाल चलाउने मन छ
लम्पसार परेर सुतेका दुःखलाई
खित्का छोडाएर हँसाउन मन छ
गिताङ्गे भएर गीत गाउन मन छ

एकछिन मलाई पागल बनाइदेऊ !

तिम्रा गीतमा छमछम नाच्न मन छ
खुसीहरूसँग खित्किएर हाँस्न मन छ
आँगनमा भक्कानिएर रुन मन छ
लबस्तरो भएर एक्लै दौडिन मन छ
यो चिन्ता, पिर, दु:ख, सुख बिर्सिन मन छ
यो माया, घृणा, हार, जीत बिर्सन मन छ

एकछिन मलाई पागल बनाइदेऊ !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *