वर्तमान

Also called by Yati Raj Nyaupane, Yati Raj Ajnabee is an enthusiast of letters who had to leave his parents, siblings and his homeland in the first year of his teens in 1992. He, who was born in Surey, a village in Southern Bhutan, has been living in Australia since September 2008. The chap is convinced that the language and literature of a community reflect how far it has reached in the road to civilization. According to his inner man, underlining promotion and preservation of culture, language and literature in a foreign country when an exodus leaves its indigenous locale for keeps, is so tough and testing that it turns out to be a knack if one does well in doing so. He can be contacted at yrajanabee@gmail.com.

यतिराज अजनबी
एड्लेड, अष्ट्रालिया

आफ्नै आँगनमा लक्षणरेखा कोरिएको
तपाइँ-हामी विरुद्ध निषेधाज्ञा जारी गरिएको
सरीसृप होइन मान्छे शीतनिन्द्रामा गएको
चक्रीय ग्रीष्मकाल भए नि सक्रीय शीतकाल हो वर्तमान

मनुष्यका आपसी वैमनस्य विलुप्त हुन लागेको
सदियौंको शत्रुताको बादल फाट्न आँटेको
पूर्वीय जीवनदर्शनका उन्नत पहाडहरूका पृष्ठबाट
सख्यको अरुणोदयपूर्वको ब्रह्ममुहूर्तमा उठेर
स्नानपश्चात सन्ध्योपासना चलिरहेको प्रातकाल हो वर्तमान

मानवका आपसी द्वन्द्वमा युद्धविराम लगाएर
कोरोनादेवीले मुण्डमाला धारण गरेर
अग्निभन्दा प्रचण्ड युद्धका शिखाहरू सखाप पारेर
हिउँभन्दा ठन्डा शीतयुद्ध
समाप्त हुन लागेको याम हो वर्तमान

विज्ञान प्रयोगशालामा बसेर धुरुधुरु रोएको
ज्ञान मान्छेको टाउकोमा उभिएर मन्दमन्द मुस्कुराएको
प्रकृति कोलाहलपूर्ण हाँस्दै मानव जागृतिमा लागेको
पूर्वीय संस्कृति प्रसन्न भएको पल हो वर्तमान

आत्मरक्षा गरेर अरूको सुरक्षा गर्ने
आफ्नो क्षमताको जाँच्न आफैँले गर्ने
अर्काको शासन होइन
आफ्नै आत्मानुशासनको मूल्यांकन गर्ने
हामी सबैको परीक्षणकाल हो वर्तमान

अनावृष्टि, अनिकालभन्दा विकराल परिस्थति
शब्दहरू क्वारेनटाइनमा हुँदा छाएको निश्शब्दता
भूकम्पपछिको खलबलीले ल्याएको सन्नाटा
प्रकम्पले पोल्दा छातीमा आएको अश्राव्य विचलन
सङ्कटाभन्दा सङ्कटपूर्ण सङ्कटकाल हो वर्तमान

अधिनायकवादको सातो उडेको
शासकले सास्ती खेपिरहेको
पुँजीवादको सेखी झरेको दिन हो
परहितवादको बीजारोपण भएको
कोरोनाले करुणा सिकाएको अवसर हो
यौटै विषयमा भाषणान्तर भएपछि
‘वसुदैव कुटुम्बकम’ सबै भाषामा भाषान्तरण भएको
संसार सायद प्रलयको सँघारमा उभिएको क्षण हो
सायद नवीन युगको प्रारम्भको प्रहर हो वर्तमान

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *