वर्तमानको सेरोफेरोमा

नैनसिंह मगर
रोचेस्टर, न्यु योर्क, अमेरिका

भुटेका मकै चपाउन खोज्छन्
नब्बे पुगेका दाँतहरू
आँखाका परेलाहरू काट्न खोज्छन्
अघि जन्मिएका शिशुहरू ।
पिपासुकै लागि लुगा फेर्छन्
संसारभरिका ठेक्पाहरू
खानकै लागि रूप फेर्छन्
खाने ठाउँका सेकुवाहरू ।
भाषाकै लागि देशको नाम फेर्छन्
हिमालका सपूतहरू
व्यापारकै लागि पानी फेर्छन्
आफ्नै ठाउँका कुवाहरू ।
पैसाकै लागि जे पनि गर्छन्
परिवार काट्ने दैत्यहरू
देखीदेखी पनि चिम्म गर्छन्
तारा देख्ने आँखाहरू ।
जानीजानी माता भुल्ने
प्राणविनाका पशुहरू
मास्नकै लागि घुम्टो ओढ्ने
प्रेम नहुने नाताहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *