वासु शशीसम्बन्धी जीवन्त कृति
शिवप्रसाद भट्टराई
जयवागेश्वरी पुस्तकालय एवम् खासगरी नेपाली काव्यजगत् एवम् नाटकका पर्यायका रूपमा स्थापित वासु शशी आˆनो युगको एउटा विशिष्ट साहित्य-साधक मानिएका छन् । यिनै साहित्य-साधकको बहुआयामिक व्यक्तित्व, उनको साहित्य-सिर्जना र अन्य विविध पक्ष र सन्दर्भलाई केलाउँदै यस क्षेत्रमा उनको युगीन योगदानमाथि प्रकाश पार्ने काम ‘स्रष्टाका दृष्टिमा वासु शशी’ शीर्षकको यो कृतिले गरेको छ । जम्मा एकतीस जना स्रष्टाहरूले वासु शशीका विषयमा लेख्नुभएका सारगर्भित रचनाहरू यसमा सङ्गृहीत छन् ।
पुस्तकमा आवद्ध वासु शशीका सम्बन्धमा कृष्ण जोशीको प्रकाशकीय, प्रद्युम्न जोशीको सम्पादकीय एवम् कालीप्रसाद रिजालको मन्तव्यले नै शशीका विविध पक्षमा राम्रो प्रकाश पारेका छन् । यसपछिका सामग्रीमा प्रा.डा. कुमारबहादुर जोशीको ‘साहित्यकार वासु शशीको सम्झनामा’ शीर्षक लेखमा उनका विविध कार्यका कसीमा विभिन्न उदाहरणसहित उनलाई “सामाजिक-राजनीतिक चेतनाका धनी र मूलतः प्रेम र मानवताका गायक सशक्त आधुनिक गद्यकवि” का रूपमा चित्रित गरिएको छ । डा. केशवप्रसाद उपाध्यायको ‘वासु शशीका नाटक’ शीर्षकको लेखले उनको नाटक लेखनको पृष्ठभूमि र उनले लेखेका नाटकहरूका सम्बन्धमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै “उनी यथार्थवादी-मनोविश्लेषणवादी धाराका नाटककार हुन् तर उनी यथार्थको धरातलमा उभिएर आदर्शलाई अँगाल्न खोज्ने आर्ष भावना भएका चिन्तनशील स्रष्टा तथा द्रष्टा पनि हुन्” भन्दै उनको अनुपम नाट्य-सिर्जनशीलता र नवीन प्रस्तुतिका सम्बन्धमा समेत राम्रो प्रकाश पार्नसकेको पाइन्छ ।
पुस्तकमा सङ्गृहीत परशु प्रधानको ‘वासु शशीलाई सम्भिmँदा’, हरि अधिकारीको ‘शशीको त्यो आदेशको पालना गरिरहेको छु’, श्यामलको ‘वासु शशी ः ओभरकोटमाथि मुस्कान’, प्रकाश सायमीको ‘बीसौं शताब्दीका गायक-वासुदाइ, शार्दुल भट्टराईको ‘बिर्सेका कुरा’, गोविन्द वर्तमानको ‘स्मृतिदेशमा एउटा स्रष्टा’, नरेन्द्रराज प्रसाइँको ‘स्रष्टा र समाजसेवी वासु शशी’, बुलु मुकारुङको ‘आकाश खोज्दाखोज्दै सागर रोज्दारोज्दै टाढा हुने…. वासु शशीदाइसँग’ शीर्षकका संस्मरणात्मक किसिमका लेखहरूले वासु शशीको स्वाभिमान, आनीबानी, जीवन व्यवहार आदि विविध पक्षलाई प्रकाशमा ल्याउने सार्थक प्रयास गरेका छन् ।
अन्य लेखहरूमा जयदेव भट्टराईको ‘मृत्युभन्दा पनि पर पुग्नुभएको छ शशी’, ज्ञानेन्द्र विवशको कविताहरूमा वासु शशी’, विमल भौकाजीको ‘वासु शशीको जीवनउन्मुख काव्यिक यात्रा’, मोहन दुवालको ‘मानवीय संवेदनाका साहित्यिक हस्ताक्षर ः वासु शशी’, प्रद्युम्न जोशीको ‘नेपाली साहित्याकाशका चम्किला तारा वासु शशी’, प्रमोद प्रधानको ‘नेपाली गद्यकवितामा वासु शशी’, ध्रुव मधिकर्मीको ‘मानवीय भावनाका विशिष्ट कवि वासु शशी’,
डा. गङ्गा पाठकको ‘मानवीय भावनाको कुशल कालीगढ’, गोपाल पराजुलीको ‘कवि एवम् नाटककार वासु शशी’ र कैलाश भण्डारीको ‘अमर साहित्यकार वासु शशी’ शीर्षकका लेखहरूले शशीको पत्रकार व्यक्तित्व, उनका विविध किसिमका साहित्यिक आयाम र अन्य कतिपय विशेषताहरूका पक्षमा मनग्गे प्रकाश पारेका छन् ।
वासु शशी गीत, चलचित्र र अनुवादको फाँटमा पनि सक्रिय हुनुहुन्थ्यो । उनका यिनै विविधि पक्षलाई आलोकित पार्ने किसिमका लेखहरू पनि पुस्तकमा सङ्ग्रहित छन् । यो पक्षमा गणेश रसिकको ‘बीसौं शताब्दीको गीत’, डा. कृष्णप्रसाद दाहालको ‘सफल गीतकार वासु शशी’, छत्र कार्कीको ‘शशीको सिर्जना रसिकको सङ्गीत’ शीर्षकका लेखहरूले समीचीन प्रकाश पारेका छन् ।
पुस्तकमा सङ्गृहीत ऋतुराज सुवेदीको ‘बुद्धिजम इन ट्रयु लाइट’, रमण घिमिरेको ‘नियति ः बुद्ध र वासु शशी’, मणि लोहनीको ‘एउटा भिन्न परिचय र बुद्धगाथा’ र रामेश्वर राउत मातृदासको ‘वासु शशीभित्रका बुद्ध’ शीर्षकका लेखहरूले शशीका सिर्जनशील व्यक्तित्वका बहुआयाम र सिर्जनाहरूमा पाइने दार्शनिक पक्षको विवेचना गरेका छन् । बद्री पालिखेको ‘मैले प्राप्त गरेको वासु शशी पुरस्कार ः धरानका लागि उपहार’ र युवराज नयाँघरेको ‘वासु शशी र स्वतन्त्रताको गीत’ शीर्षकका लेखहरू पनि पठनीय सामग्री बन्नसकेका छन् ।
समग्रमा हेर्दा यो कृति वासु शशीका अनेकौं किसिमका विशिष्टता र विशेषताका पक्षमा राम्रो प्रकाश पार्न सफल छ । यसले वासु शशी, उनका कार्य र योगदानहरूलाई भावी पुस्तासम्म जीवन्त राख्ने सत्प्रयास गरेको छ । यस्तो कृतिमा वासु शशीको सङ्क्षिप्तमै भए पनि जीवनी समावेश गरिदिएको भए निकै राम्रो हुन्थ्यो । जीवनी समावेश नभएको पाइनु सबै पाठकका लागि खट्किने विषय बन्न पुग्ने निर्विवाद छ । यो विषयमा ‘सम्पादकीय’ र कैलाश भण्डारीको लेखमा केही चर्चा गरिएको भए पनि त्यो अधुरो र अपूरो छ । यसतर्फ पुस्तकका सम्पादक तथा प्रकाशकले ध्यान पुर्याउन नसक्नु दुःखद पक्ष बनेको छ । यति हुँदाहुँदै पनि वासु शशीका बारेमा जानकारी लिन चाहने र उनका विविध कार्य र योगदानका सम्बन्धमा अध्ययन अनुसन्धान गर्न चाहनेहरूलाई यो कृतिले ठूलो सघाउ पुर्याउन सक्ने भएकोले यसलाई प्रकाशन गर्ने र प्रकाशन गर्न सहयोग पुर्याउनु हुने सबै नै स्वयम्मा साधुवादका पात्र बनेका छन् । साधुवाद Û
कृति ः स्रष्टाका दृष्टिमा वासु शशी
सम्पादक ः प्रद्युम्न जोशी
प्रकाशक ः वासु शशी स्मृति परिषद, काठमाडौँ
पृष्ठ सङ्ख्या ः १०८ं१८.१२६
मूल्य ः रू.१५१।-
चर्चित नेपाली यौनकथा -डा. रामदयाल राकेश
समीक्ष्य कथासङ्ग्रहमा तेह्र जना नेपाली कथाकारहरूको कथा सङ्कलित गरेर सम्पादक किरण रिमालले पाँच पोखरी बुक स्टोरबाट प्रकाशित गराएर प्रशंसनीय काम गर्नु भएको छ । यसअघि रत्न पुस्तक भण्डारले पनि ‘प्रतिनिधि-यौन कथा’ प्रकाशित गरिसकेको छ तर यहाँ मेरो उद्देश्य यी दुईटै कथासङ्ग्रहको तुलनात्मक मूल्याङ्कन गर्ने होइन । मेरो उद्देश्य चर्चित नेपाली यौन कथा भाग १ को समीक्षात्मक परिचय प्रस्तुत गर्नु हो ।
समीक्ष्य कथासङ्ग्रहमा भवानी भिक्षु, विश्वेश्वर प्र. कोइराला, गोविन्दबहादुर ‘गोठाले’, तारिणी प्र. कोइराला, विजय मल्ल, दौलत विक्रम विष्ट, तेजबहादुर प्रसाई, पोषण पाण्डे, कुमार नेपाल, माधव भँडारी, पुष्कर लोहनी, विश्वभ्मर चञ्चल र मनु ब्राजाकीका यौनप्रधान कथाहरू सङ्कलित छन् । यी स्वनामधन्य कथाकारहरूको कथा संसारमा यौनिक आकर्षण र पुट प्रशस्त पाइन्छ । यी कथाकारहरू यौनमा केन्दि्रत भएर लेख्ने प्रख्यात कथाकारहरू हुन् र यिनको नाम नेपाली कथा संसारमा स्वणर्ाक्षरमा अङ्कित भइसकेको छ ।
सर्वप्रथम सुप्रसिद्ध कथाकार भवानी भिक्षुद्वारा लिखित कथा ‘पाइप’ को बारेमा सङ्क्षिप्त टिप्पणी गर्नु यहाँ सान्दर्भिक होला । कथाकारको कथनबाट नै यस कथाको मुख्य कथ्य उद्घाटित भएको पाठकले पत्तो पाउँछन् जस्तो ‘योनि-भोग मेरो लागि कुनै यान्त्रिक सञ्चालन मात्रै भएको छ ।’ पृ ०८।
अर्को कुरो के पनि प्रष्ट हुन्छ भने आˆनै नजिकका नातेदारहरूबाट धेरै जसो केटीहरू सम्भोगमा संलग्न हुने मौका पाउँछन् र यसको मुख्य कारण पैसाको प्रलोभन हो तर यो प्रलोभनको रूप परिवर्तित हुन्छ फैसनमा । एउटा साडीको प्रलोभनमा यस कथामा वणिर्त युवतीको कौमार्य भङ्ग हुन्छ र पछि त उसको योनि नै पाइपमा परिणत हुन्छ जहाँ कथाकारको शब्दमा भन्दा ‘साँच्चै भनूँ भने अहिले म एउटा ‘पाइप’ बन्न गएकी छु, जुन ‘पाइप’ मा मानिसको केवल कुत्सा प्रवाहित भई बगिरहेको छ ।’ पृ. ०८ । यस कथाको शीर्षक पनि सुविचारित र सान्दर्भिक हुन गएको छ ।
विशेश्वरप्रसाद कोइरालाको ‘चन्द्रवदन’ शीर्षक कथामा अव्यक्त यौनको कथा अभिव्यक्त भएको पाइन्छ । चन्द्रवदनको मन र मनोविज्ञानको राम्रो वर्णन छ । पतिको वियोगमा सुरूमा पर पुरुषप्रति वितृष्णा तर अन्त्यमा उसप्रतिको आशक्ति एवम् अनुरागको अभिव्यक्ति पाइन्छ । लोग्ने मानिसप्रतिको उसको अभिव्यक्ति ‘लोग्ने मानिसको जातै यस्तै हो’ पृ. ०११। लाई थेगोको रूपमा लिइएको छ तर चन्द्रवदनको यौनविज्ञान र मनौवैज्ञानिक अभिज्ञानको राम्रो चित्रण भएको पाइन्छ । गोविन्दबहादुर मल्ल ‘गोठाले’ले आˆनो कथा ‘बिहे’ मा केन्दि्रत यौन मनोग्रन्थी र गाँठोको लालित्यपूर्ण वर्णन गर्नु भएको छ । बिहेभन्दा पूर्वको कुमार एवम् कोमल यौन भावनाको राम्रो अभिव्यक्ति पाइन्छ । वीरे र जेठो खत्रीको अव्यक्त यौन भावना जुन भुण्टीप्रति छ त्यसको रमाइलो वर्णन गर्दा गर्दै वीरे र भुण्टीबीचको रसरागको रसिलो चित्र कोर्नमा सफल हुनुभएको छ र संयत ढङ्गबाट सम्भोगिक क्रियाकलापलाई उजागर गर्नु भएको छ । तारिणी प्र.कोइरालाको आˆनो रातो स्वेटर कथामा विवाहित विष्णुप्रसादको अतृप्त यौन भावनाको खुलासा गर्नु भएको छ । उसकी एक तर्फी प्रेमिकाको रातो स्वेटरमा मख्ख विष्णुप्रसादको कुण्ठित यौनभावनाको रमाइलो वर्णन गरिएको छ । उनी चाँदप्रति कतिसम्म लहसिएको थियो भने आˆनो लालसापूर्तिको लागि आˆनो छोराको बिहे चाँदको मृत्युपछि उसकी छोरीसँग छिनोफानो गरेर आˆनो त्यो अतृप्त कामवासनाको क्षतिपूर्ति गर्न पुगेको छ । यो एउटा बेजोड मनोवैज्ञानिक र यौनिक पृष्ठभूमिमा लखिएको उत्कृष्ट कथा हो र शीर्षक पनि सर्वथा उपयुक्त छ ।
विजय मल्लको ‘कालो चस्मा’ शीर्षकमा एउटी विवाहित पत्नी परपुरुषसँग सुतेको कामुक दृश्यको भावुक चित्रण गर्नु भएको छ । नैतिकताको सम्पूर्ण आदर्शलाई तिलाञ्जलि दिँदै चुपचाप टुलुटुलुमा हेर्नुबाहेक अर्को केही प्रतिक्रिया नदिनु सामाजिक स्वीकृतिको पृष्ठपोषण गर्नु भएको छ । उहाँको शब्दमा “म आˆनै विवाहित स्वास्नीलाई परपुरुषसँग अनैतिक रूपले सम्बन्ध जोडेर आˆनै सामुन्ने त्यसरी निर्लज्जतापूर्वक सुतिरहेको हेर्दैछु ।’ मैले यसलाई अनुचित सम्झनु पर्दछ । यस्तो निन्दनीय कार्यको लागि ममा रिस, राग, द्वेष र प्रतिशोधको तीब्र भावना जाग्नुपर्दछ ।’ पृ ०४०। दौलतविक्रम विष्टको कथा ‘एक साँझ’ मा कथानायक निरंजन स्वास्नी मानिसप्रतिको आकर्षणको अभिव्यक्ति अभिनन्दनीय मान्न सकिन्छ । पुरुषको मनोविज्ञानका वेत्ताका रूपमा उसको आन्तरिक अभिलाषा प्रकट भएको पाइन्छ ।
तेजबहादुर प्रसाईका धेरै यौनकथाहरू प्रकाशित नभए पनि उहाँको ‘लभको धुनमा’ एउटा उत्कृष्ट यौनकथामा गन्न सकिन्छ । एउटी शिक्षिका र शिष्यबीचको यौन समागमको राम्रो कथा हो जहाँ शिक्षिकाले पढाइको साथसाथै संभोगको तौर तरिका र आसन पनि सिकाउन पछि पर्दिन् । मंगला दिदी र मोहनबीचको यौनाकर्षण मात्र होइन यौनसमागमको रमाइलो वर्णन पाइन्छ । पोषण पाण्डे ‘आˆनो कथा हर्के तामाङको संस्मरण’ शीर्षकमा चौतीस वषर्ीया विधवा मैयाँ नानी र हर्के तामाङको यौन आकर्षणलाई संस्मरणको रूपमा उतार्न सफल हुनुभएको छ । एउटी अधवैंसी आइमाईको अतृप्त यौनेच्छालाई राम्ररी चित्रण गर्नु भएको छ । कुमार नेपालको ‘शङ्खको एकोहोरो आवाज’ मा यौनको गन्धको मादक वर्णन पाइन्छ । उहाँले विभिन्न आइमाईहरू जस्तो मेम, गुरुङसिनी, ज्यापुनी बाहुनी र अविवाहिता आइमाईको आकर्षक गन्ध र तरुणीहरूको गन्धको मानौ पारखी नै हुनुहुन्छ । न पत्याए हेर्नुस् ‘उफ Û मेरो नाकमा यसरी गन्ध किन आइरहेको होला ।’ पृ ०७१।
माधव भण्डारीको कथा ‘सुनौला हाटको एक साँझ’ एउटा स्तरीय कथा हुन् जसमा ‘यौवनको उद्वेग नै सबभन्दा ठूलो परिचय हो । चुम्बकले फलाम देखेपछि चिनारी गरिरहनु पर्दैन पृ. ०७५।
दाजु बहिनीको साइनो जोडेर पनि यौन क्रिया सम्पन्न गर्ने व्यक्तिहरूप्रतिको व्यङ्ग्यात्मक सम्बन्धलाई उजागर गरिएको छ । दाजु र बहिनीको सम्बन्धलाई बदनाम गर्ने, जग हँसाई गर्ने कुरो मस्ती र रोमान्सको दुनियाँसँग जोडिएको र जुन समाज स्वीकृत हुन सक्दैन । दाजु र बहिनीको बनावटी सम्बन्ध स्थापित गरेर संभोग गर्ने कुराको प्रकटीकरण गरिएको छ ।
पुष्कर लोहनीको ‘नाङ्गो अस्तित्व’ शीर्षक कथा पनि यौनकथाको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्दछ । पुष्कर लोहनी यौनवादी कथाकारमा आˆनो पुस्तामा परिगणनीय नाम हो, होटलमा हुने यौनाचार र डलरको आकर्षण तथा एचआईभी एड्सको परवाह पनि गरिँदैन । रक्सी रण्डीको नाता नङ र मासु जस्तोको हुन्छ । यौन छताछुल्लमा भएर छचल्किएको छ । ‘त्यतिको रक्सी खुवाएर मलाई नङ्ग्याउन खोजेको
तिमीले ? फेर्ने लुगा छैन । पेटीकोट सब भिजिसकेको छ ।’ पृ ०८९।
विश्वम्भर चञ्चलको ‘लिङ्ग’ शीर्षक कथा लामो छ । उहाँकी नायिकाको निष्कर्ष छ भने लिङ्गबाट गर्दा नै धुजा धुजा पारिसके मेरो यौनिलाई लोग्ने मान्छेले स्वास्नेमान्छेलाई अपराध गर्ने, बरबाद गर्ने कारण नै त्यई भाँडो हो । त्यई भाँडो मात्तिएर नै लोग्ने मान्छेहरूबाट यी सबै अपराधहरू हुन्छन् ।’
पृ १०५।
मनु ब्राजाकी आˆनो कथा ‘करुणामय’ शीर्षकमा बूढी आमा र ग्राहकको यौन उन्मादपूर्ण संवादद्वारा आˆनो कथामा सरसर्ती थप्नु भएको छ । प्रहरी नै ग्राहक भएर रण्डी कोठामा चुरोट र रक्सीको भरमा नारी देहको मौज मज्जा गरेर कोठाको कति हो सोध्दा भन्छिन्, ‘तपाईंलाई कोठाको पैसा लाग्दैन । आजको रात यो कोठा र म तपाईंकी हुँ ।
पृ. ११२।
निष्कर्षरूपमा के भन्न सकिन्छ भने यसमा सबै सङ्कलित कथाहरू यौन प्रधान हुन तर केही कथाहरूमा यौन उछृङ्खलताको खुलमखुला वर्णन गर्दा श्लीलताको सीमा नाघ्न पुगेको छ । यौन जीवनको लागि आवश्यक हो । स्वस्थ यौन सभ्यताको प्रतीक हो । यो संयमित यौन सुन्दर भन्न सकिन्छ तर कुनै कुनै कथामा यौन अश्लील पनि हुन गएको छ । भाषाशैली पनि राम्रो हो तर अहिलेको भाषा वैज्ञानिकहरूका लागि एउटा चुनौती पनि हो । अहिले यौनकथाको ‘मार्केट’छ । यसको बजारीकरण र व्यवसायीकरण पनि हुँदैछ । पाठकहरूलाई पनि मनोरञ्जन सस्तो मनोरञ्जन गर्नका लागि केही कथाहरू भरपूर्ण सामग्री पेस गर्छन् । समग्रमा भन्दा समीक्षा कथासङ्ग्रह पठनीय र सङ्ग्रहणीय छ ।
चार उपन्यास एकसाथ -वसन्तप्रकाश
त्यसो त उपन्यासकार रमेश उप्रेतीले २०६८ चैतको दोस्रोे सातामा आएर ‘बहुलानन्द’ नामक उपन्यास प्रकाशनमा ल्याएका हुन् तर बहुलानन्द सार्वजिनिक गर्नुसँगै उनले पाहुनाहरूको हातमा आˆना अन्य तीन उपन्यासहरूसमेत थमाए । ‘आधुनिक बुद्ध र यसोधरा विखण्डित’ ‘चेतनाहरूको एउटा आन्दोलन’ र
‘पि्रयाको वर्तमान’ शीर्षकीय तीन उपन्यास प्रकाशन गरिसक्दा समेत त्यति विघ्न प्रचार र चर्चामा नआएका उपन्यासकार उप्रेतीको चौथो उपन्यास बहुलानन्द सार्वजनिकीकरण क्रममा धेरैले स्वीकारे यहाँ लेखेर मात्रै नहुँदो रहेछ ।
लेखन साधना हो कि सौख ? अथवा व्यापार -कारोवार हो कि स्वान्त -सुखायको बाटो ? यस्ता प्रश्नहरूको सूची बनाएर उत्तर खोज्ने हो भने अनेकन् टिप्पणी पाउन सकिन्छ तर उपन्यासकार उप्रेतीले भने आˆना चार/चार उपन्यास प्रकाशन वावजुद उनका क्रियाकलाप, सोच, शैली र विचार हेर्दा साधनाको सत्प्रयासमै उन्मुख भइरहेको प्रमाणित हुन्छ । खासगरी उपन्यासकार उप्रेती जागिरे क्रममा पशुपति क्षेत्र विकास कोषमा कार्यरत भएको थाहा लागेपछि त झन् उनी धर्म, दर्शन र संस्कृतिका सिद्धान्त बमोजिम लेखन जस्तै जीवनशैलीमा प्रतिवद्ध भएको कुरामा शङ्का देखिँदैन । यसै दृष्टिले विवेचना गर्ने हो भने बहुलानन्द उपन्यासकार उप्रेतीको पाशुपत क्षेत्रकै भोगाइ, सोचाइ र देखाइकै त्रिकोणमा संरचित भएको हो भन्नैपर्छ ।
आमनागरिक जो भौतिक सुखसुविधा, प्राप्ति-अप्राप्ति नाफा-घाटा आदि इत्यादिको तुलोमा जसरी जोखिन तयार हुन्छ, त्यो भन्दा पृथक् साधुसन्त र महन्थहरू लिनभन्दा दिनमा नै रमाउने विम्बलाई हरेक कोणबाट बहुलानन्दमा प्रष्ट्याइएको छ किञ्चित लोभ, मोह, लालसा र आत्मकेन्दि्रत सञ्जालहरूभन्दा परको आध्यात्म संसारको उहापोहलाई केलाइएको छ । बहुलानन्दलाई केन्द्रीय पात्र बनाएर ।
राजनीतिक बेइमानी फटाइँ तुच्छ स्वार्थी प्रवृत्ति एवम् विकारको चिरफार उपन्यासको अर्को सुन्दर पाटो हो राजनीतिभित्र प्रजातन्त्र वा लोकतन्त्रको खोल ओढेर घ्यू खाने प्रचलनमाथि सटिक डाँट-फाट्कार गर्न उपन्यासकार चुकेका छैनन् । साम्प्रदायिक मतभेद र मनभेद औसत नागरिकहरूका दैन्दनीय, धार्मिक विधिविधानका विसङ्गत परिवेश अनुष्ठान एवम् अनुकम्पाका नाममा गरिने कृत्रिम क्रियाकर्म लगायत सूक्ष्मभन्दा सूक्ष्म घटनाक्रमका औपचारिक संरचनामा उपन्यासकार उप्रेतीले बहुलानन्दको चरित्रमा संसार खोतल्ने प्रयास गरेका छन् । वास्तवमा नै एउटा उपन्यासकारका अर्थले मात्र नभएर
नैतिकवान नागरिक एवम् आदर्श राष्ट्रसेवकका दृष्टिले समेत उनको यो सत्प्रयासलाई सराहना गर्नेपर्छ । अरूणा उप्रेती पाठकद्वारा प्रकाशित यस उपन्यासको मूल्य १५० मात्र राखिएको छ । सान्दर्भिक र सुन्दर आवरणको संयोजन सञ्चारकर्मी दिलभूषण पाठकले गरेका छन् ।
नेपाली कथाका प्रतिनिधि सङ्ग्रह -तुलसी
नेपाली साहित्यमा आख्यान विधा पाठकका लागि निक्कै सुरूचिपूर्ण बन्दै आएको छ । आख्यानमा पनि कथाले चाहिँ दिनानुदिन पाठक बृद्धि गरिरहेको दर्बिलो प्रमाण निरन्तर प्रकाशित भइरहेका यसका प्रतिनिधि सङ्ग्रहहरूले पुष्टि गरिरहेका छन् । प्रख्यात नेपाली कथा, द्वन्द्वकथा, तराई, मधेसका कथा, यौनकथा, प्रेमिल कथा, समकालीन नेपाली कथाहरू, चर्चित नेपाली यौनकथा, नारीकथा, यस्ता कथा शृङ्खलाहरू प्रशस्तै प्रकाशित भइसकेका छन् । यसै सन्दर्भमा प्रख्यात नेपाली कथा -खण्ड ४) र समकालीन नेपाली कथाहरू यतिबेला निक्कै चर्चामा रहेका प्रतिनिधि कथा सङ्ग्रहहरू हुन् ।
प्रख्यात नेपाली कथा साहित्यकार एवम् पत्रकार व्याकुल पाठकको सम्पादनमा रत्न पुस्तक भण्डारले प्रकाशित गर्दै आएको छ । खण्ड ४ पाठकको हातमा आइसक्नुले पनि यसका अघिल्ला खण्डहरूको पाठकीय रुचिको बजारलाई हेरेर अघि बढेको ‘कथा योजना’ का रूपमा यसलाई लिन सकिन्छ । प्रस्तुत चौथो खण्डमा देवकुमारी थापा, सरूभक्त, शर्मिला खड्का -दाहाल), होमनाथ सुवेदी, ललिता दोषी, रमेश खनाल, सरोजराज अधिकारी, उषा शेरचन, वसन्तकुमार शम्र्मा नेपाल, राममणि ढुङ्गेल, वेदकुमारी न्यौपाने, मोहनराज शर्मा, दिलीप शाह, मीरा प्रधान रेम, बखतबहादुर थापा, तुलसीहरि कोइराला, लक्ष्मण राजवंशी, जैनेन्द्र जीवन,
डा. दीनबन्धु शर्मा, रत्न कोजू, अशोक सुवेदी, रामभरोस कापडी ‘भ्रमर’ र भारती गौतमका कथाहरू समेटिएका छन् । अघिल्लो पुस्ता र पछिल्लो पुस्ताको मिश्रण मात्रै नभई यथासम्भव समावेशी कथासङ्ग्रह बनाउने प्रयास भएको यसले देखाउँछ । विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका र केहीका कथा त सङ्ग्रहमा पनि आइसकेकाले पाठकले रूचाएका कथाहरू सङ्गृहीत हुनुले पाठकको सम्पादनको चौथो कथाखण्ड पनि अघिल्ला खण्डहरूजस्तै उत्कृष्ट अनुभव हुन्छ ।
त्यस्तै समकालीन नेपाली कथाहरू साहित्यकार प्रभाती किरणको सम्पादनमा वैरागी जेठाले प्रकाशित गरेका हुन् । विशेष गरी युवापुस्तालाई समेटिएको यस सङ्ग्रहमा वणर्ानुक्रमिकरूपमा ३६ जना कथाकारहरूका कथाहरू समेटिएका छन् । अनमोलमणि, अभय श्रेष्ठ, अमर न्यौपाने, अन्विका गिरी, कार्तिकेय घिमिरे, कुसुम ज्ञवाली, कृष्ण कुसुम, केशरी अम्गाईं, गङ्गा बिसी, गीता त्रिपाठी, तुलसीहरि कोइराला, तृष्णा कुँवर, दीपक खनाल, नवराज रिजाल, नवीन विभास, पुण्य गौतम ‘विश्वास’, प्रकाश आङ्देम्बे, प्रकाश आस्था, भानु बोखिम, मणि लोहनी, महेश पौडेल ‘प्रारम्भ’, मातृका पोखरेल, मानसी, रजनी ढकाल, रत्नमणि नेपाल, लक्ष्मी उप्रेती, शकुन्तला जोशी, शर्मिला खड्का -दाहाल), शशी लुमुम्बू, सरोजराज अधिकारी, सविना सिन्धु, सीमा आभास, सुस्मिता नेपाल, स्वागत नेपाल र हरिमाया भेटवाल यस सङ्ग्रहमा कथाकारका रूपमा देखिएका छन् । युवापुस्तामा निरन्तर लेखिरहेका र केही फाट्टफुट्ट मात्रै लेख्नेहरू पनि यसमा समाविष्ट छन् भने तुलसीहरि कोइराला, सरोजराज अधिकारी र शर्मिला खड्का -दाहाल) का कथाहरू प्रख्यात नेपाली कथा -खण्ड ४) र समकालीन नेपाली कथाहरूमा पनि परेका छन् । युवापुस्ताका कथाकारहरूले कथाका सन्दर्भहरूमा नवीन विविधता दिएका छन् र यसका सम्पादक प्रभाती किरणले कथाहरूको छोटकरी समीक्षण पनि गरेका छन् । यता प्रख्यात नेपाली कथामा समालोचक प्रा. राजेन्द्र सुवेदीले कथा शृङ्खलाका अघिल्ला खण्डहरूको समीक्षण गरेका छन् भने सम्पादक पाठकले लेखक परिचय एवम् कथा समीक्षा प्रस्तुत गरेका छन् ।
लगभग एकै समयमा प्रकाशित भएका नेपाली कथाका यी प्रतिनिधि सङ्ग्रहहरूले नेपाली साहित्यका कथा पारखी पाठकलाई भिन्नभिन्न स्वादका चखिला खुराक दिन सफल छन् । प्रख्यात नेपाली कथामा भने सम्पादकले समावेशी बनाउने प्रयास गरेका छन् । मूल्यका दृष्टिले दुई कृतिमध्ये समकालीन नेपाली कथाहरू महँगो देखिन्छ र पनि छपाइ आकर्षणका दृष्टिले उति उत्कृष्ट लाग्दैन ।
From: Madhupark