विकाश हो कि अविकाश हो…..( एकांकी )

नैनसिंग मगर
रोचेष्टर,अमेरीका

ठाउॅ :– रोचेष्टर शहरको प्रमुख जजमान गर्जमानको घर
समय :– बिहान दस बजे, दशैंको टिकाको दिन ।
(गर्जमान बिहानै स्नान गरेर नयॅा लुगा लगाएर मन खुसी पार्दै, दही,अक्षता,जमरा, अरू केके ठीकठाक गर्दै असिनपसिन हॅुदै मनमा गुनगुनाउॅदै कोठाभित्रतानतानतुनतुन गरिहरेका छन् । छोराबुहारी अर्को कोठामा गानगानगुनगुन गर्दैछन् । गर्जमानकी स्वास्नी भान्साकोठातिर पकाउने काम गरिहरेकी छिन् )
गर्जमान :– टोपी यसो मिलाउॅदै, पल्याकपुलुक हेर्दै) ए हरि…..हरि ! हन केटाकेटीहरु अझैं उठेका छैनन्?
हरि :- (अचार पिन्दै, पुलुक्क गर्जमानतिर फर्केर) के उठ्नु नि…. साना नानीहरूझैं सिरक ओडेर रातभरि मोवाइल खेलाउछन् अनि बेलुकाको तीनबजीसम्म सुत्छन् अनि उठ्छन् त ? अस्ति कुनबार पो हो..दुवैजनाले मलाई ….. बिहान हामीलाई यहॅा चिया ल्याइदिनु बेलुका तपाइॅहरुलाई ल्याइदिन्छौं भन्दै थिए, भनेपछि युग कुन गतिमा छ आफै बुझ्नुहोला । आज विश्व धान मकैमा विकाश गर्दैनन् , गोली बारुदमा विकाश गर्छन् यसरी गिरावट मतिहीनगतिमा दगुरीरहेका छन् सारा चित्कारहरू I
गर्जमान :– कुरा त सही हो । विवाह नगरिदिदा पनि गाउॅगाउॅ डुलेर काबू , गरिदिदा पनि कोठामैं सुतेर काबू । बुहारीले सासूका काम समाउनु र छोराले बुबाका काम समाउनु त अब सपनामा मात्र हुने रहेछ । चिनी खान भन्दा नुन खान भनेको सुन्छन् । विवाह गरेका पनि सात वर्ष भए नातनातिना पनि छैनन् ।प्रेमले भनेको “…..तेरा छोराबुहारीले सन्तान नजन्माउने रे, किन कि पाल्न सकिदैन रे, धेरै मानिसहरु अमेरिकामा सन्तान नजन्माइकन बस्छन् त्यही कारणले भनेका छन् ।” सॅाचिनै हो भने किन विवाह गर्नु अनेकौं ऋण गरेर ….? मसलेको विवाहमा लागेको ऋण अझैं तिरेर सकेकै छैन अलिकति त अस्तिको ट्याक्स दिएर छिनायौं । आफ्नै जातको ले भन्दा नमानेर वाद लागेपछि ल्याएरै छाड्यो खै ….आफ्नै गाला आफ्नै लपटा ।
हरि :– मैले भन्न खोजेकी पनि त्यही हो । दुई बजिसकेको छ , अब कहिले उठेर ससुराल टीको लगउॅन जाने होला …! बुहारीका बाबा आगोको बराजु हुनुहुन्छ पानीमा लगाउॅदा पनि निभ्ने छैन ।
मसले :– (ॲाखा मिज्दै हाइकाड्दै आङ तान्दै भॅूडी मसार्दै ) के भयो बाआमालाई … ? एकातिर झिलिमिली छन् अर्कातिर मीठामीठा बास्नाहरू पनि, फेरिगनगन पनि….?
गर्जमान :– ( छोरोलाई पुलुक्क हेर्दै झोकिएर) तेरो विवेक त सठीक छ …. अब कहिले यहॅा टीका लगाएर ससुराला जाने ? रातभरी के गर्छौ र दिनभरि सुत्छौ तिमीहरु हॅ….? सरम पचेकाहरु, ज्ञान विहीनहरु,पालो पाइने कहिले हो हामीहरुले यस्तै हो चाला भने ? तिमीहरुले बार बिर्सिसकयौ, दिन बर्सिसक्यौ, चाड बिर्सिसकयौ, नैतिकता बिर्सिसकयौ, कर्म, देन, कर्तब्य,दया, जॅागर, पहिचान, चिनारी, निसानी, नाता, सम्बन्ध आदि सबै बिर्सिसकयौ । आफ्नै टाउको बेचेको पनि तिमीहरुलाई थाहा हुनेछैन यही चाला हो भने ।
मसले :- (बाआमालाई हेर्दै मुसुक्कै हॅासेर ) आज यही कुरामा रातभरि सेतीसॅग कुस्ताकुस्ती गरेर सुताई पनि छैन । मैले मोवाइलमा हेरें, देखें सुनेपनि दसैंहाम्रो होइन रहेछ बा ! हामी त गैर दशैंमा पर्दारहेछौं तर सेती चाहिॅ दशैंमा नै पर्ने जस्तो देखियो । टिका लगाउन सेती गए हुन्छ माइतघर म जान्न अनि योकोठाका झिलिमिली पनि अब आजदेखि नै त्याग गर्नुपर्छ बा !
गर्जमान :- (पाखुरा सुर्काउॅदै) कसो अरे फेरि भन्त…!यो झिलिमिली त्याग गर्ने रे, लु त गर त ….? तेरा हातखुट्टा भॅाचिनछु भने म गर्जमान नै होइन बुझिस्…! उमेर पुगेको छोरो भन्दिन नि ….! छोरो पढेर शिक्षित हुन्छ होला भनेर विदेश आएको त झन् पूर्खादेखि मानिल्याएको चाडनै पो पतन गर्न पो खोज्दो रहेछबा…..!
मसले :– ( झोकिदै ) हो बा …अब ढुंगेयुगका कुरा गरेर हॅुदैन बा ! परिवर्तन हुनुपर्छ के ठीक, के बेठीक छुट्याउने समय आइसकेका छन् । हिजो घुयेत्राले लडाई गर्थे भने आज वायुको तेजसॅग संघर्ष गर्छन् । म जान्न ससुराल टिका लगाउन तर अरू शुभअशुभ कार्यमा भने जानेछु ।
गर्जनान :– ( दॅात कटटट टोक्दै ) तॅ जा या नजा खाचो पनि छैन, तर यो कोठाका सामग्रीहरु तॅहिले छुन पाउॅने छैनस् बुझिस्….छोइहेर्लास् नि ! अब केही बेरमा छोरी ज्वाइॅ आउनेछन् तिनीहरुलाई बोकाई दिनेछु , वर्षदिनको भगवतीको उपदेश आयु आदि लिएर जानेछन् । आजदेखि तॅ मेरो छोरा होइन मोरा हो बुझिस्(भनिसक्नु नपाइकन बाबामाथि मसले झम्टिन पुग्छ त्यो देखेपछि बुहारी सेती हावैपावै हॅुदै मसलेलाई समात्न पुग्छिन् )
सेती :- ( रुदै ) ए मसले होसमा आउ त ! बाआमा भनेका भगवान हुन् ,चाहे लाटा हुन् वा अन्धा … ! त्यसरी हात लगाउनु हॅुदैन त मसले ! बाआमा गुमाएका मानिसहरू आज लाखौं खर्च गरेर देवधाम पूजा गर्न, नदीनालालाई पानसुपारी गर्न, हिमाल पहाडलाई प्रणाम गर्न पुग्छन् I बाआमा भेटिनछन् कि भनेर कोही फर्केर आउॅछन् भने कोही प्रकृति विपत्तिमा परेर उतै सकिन्छन् ।
मसले:- ( झोकिदै ) चुप लाग, मलाई नसमाउ सेती …. हात फुकाल, मलाई रिस उठ्दैन उठिसकेपछि म केही पनि देख्दिन ….!अहिले म तिमीलाई तॅपनि भन्नपछि पर्दिन नि झ्वॅाक चलेपछि । आइमाइहरु प्रेसर कुकर जस्तो फिसफिसफिस गर्दागर्दै कतिबेला पड्किने हो थाहै हॅुदैन । लोग्नेहरुलाई मरंगे सिस्नुले पोले जस्तो विस्तारै पोलेर आएपछि थामिसक्नु हॅुदैन ।( भनेर सेतीका हातबाट फुत्त फुत्कन्छ मसले )
सेती:- (झर्किएर छट्के ॲाखा मसलेतिर लगाउॅदै ) ॲ, लोग्ने मान्छेहरु खूब इजतिला….. झॅाक्रीको ढ्यॅाग्रो स्तो बज्छन् तर जोखना कहिल्यै भन्ने होइनन् ।
गर्जमान :- ( जमरा र अक्षता सुमसुमाउदै ) ए बुहारी ! छोडिदेऊ मसलेलाई, आएर मलाई काटोस् कि मारोस् । यो गोरुको ज्ञान यतिनै रहेछ ।
मसले :- ( सेतीका नजिकबाट फुत्किनु खोज्दै ) गोरुको बाबु पनि गोरु नै हो, मलाई गोरु भनेपछि आफू चाहिॅ के हो ?
( सेतो सट र कालो प्यान्ट लगाएको वर्ष त्यस्तै दस पुगेका )
पपु :- ( हजुरबालाई हेर्दै भित्र पस्छ ) नमस्कार हजुरबा !
गर्जमान :- ( टोपीले मुहार पुछ्दै ) नमस्कार नाति ! अनि खोइत बाआमाहरु ?
पपु :- म मात्रै आको नि हजुर बा ! आमाले पठाएर ।
गर्जमान :- अनि आमालाई के भयो ?
पपु :- केही पनि हुनुभएको छैन नि
गर्जमान :– अनि किन आएनन् त ?
पपु:- हजुर बा ! हामीले अबदेखि दशैं, तिहार मान्नुहॅुदैन अरे, त्यसैले यही कुरा भन्नु हजुरबालाई भनेर आमाले पठाउनु भएको ।
गर्जमान :– ( अलिक अचम्म मान्दै ) किन ?
पपु :- अष्टमीको दिन बिहान दस बजेदेखि हामी विश्वासी भयौं अरे, आज तीन दिनमात्र भएकाछन् हजुरबा ! अलास्काबाट कान्छा हजुरबा पनि आउनुभएको थियो हामीलाई विश्वासीमा लगाउन । अब हजुरबाहरू पनि विश्वासीमा लाग्नु अरे, मुक्ति पाइन्छ भनेर आमाले भन्नुभएको छ ।
गर्जमान :- ( रुन खोज्दै, गालामा हात लगाएर ) ए हरि ! हरि !
हरि :- ( हतनपत भान्सा कोठाबाट ) हजुर !
गर्जमान :- ( रुदै ) टिका लगाउने कोठातिर आऊ ।
हरि :- (मैलासरिका हात लिएर ) किन बोलाउनु भएको ? ए नाति पनि आइपुगेछ अनि खोइ बाआमाहरु ?
गर्जमान :- सोध्ने काम नगर …आजदेखि छैनन् तेरा छोरीज्वाइॅहरु ….सकिए सबै….( घोप्टिएर डाको छाडेर रुन थाल्छन् )
हरि :- ( आत्तिदै ) हे भगवान ….! के भयो नि बा ! छिटो भन्न नाति ! म मरे नि …..
गर्जमान :- ( अलिकति टाउको उठाउॅदै, हरिलाई हेर्दै ) तीनदिन भइसकेछन् विश्वासीमा लागेका अनि त्यो खबर दिनका लागि यो नातिलाई पठाएका रहेछन् ।
अब यो जमरा दही अक्षता कसका लागि …….? छोरो भनाउदा गोरु भए, त्यसले पनि आजदेखि टिको नलगाउने रे दशैं होइन अरे तिहार मात्र रे भनेर मलाई उपदेश दिॅदैथ्यो अघि । छोरीबाट झन् तिहार पनि होइन रे……..
हरि :- ( रुदै ) सर्वनाशै भएछ नि….!
मसले :- ( स्वास्नीको पछाडितिर उभिएर पाखुरा सुर्काउॅदै ) कस्तो लाग्यो ? तॅ नबोक्ने भए नबोक छोरी ज्वॅाईलाई बोकाइदिने छु भन्थ्यौ त । आए त ….? सारा कुराहरू परिवर्तन भइसके । अब सन्तान जन्माउन छोरीनै चाहिॅदैन, संसार हेर्न त्यही पुग्नु पर्दैन, बॅाच्न धरती मै बस्नु पर्दैन, आज विज्ञान कहॅापुगिसक्यो ?
सेती:- (पुलुक्क मसलेलाई हेर्दै, सासूलाई सम्झाउॅछिन् ) आमा ! घात नगर्नुहोस् । देखेर आका कोहि पनि छैनन् अरेका भरमा दगुरेका मात्र हुन्, ठेसलागेपछि आफै फर्केर आउॅनेछन् । आज दशैं तिहार मान्नु हॅुदैन भन्छन् एकाथरिले, अर्का थरिले दशैं हाम्रो होइन तिहार मात्र हो भन्छन् । समग्रहमा भन्दा माटो नपुगेर हो, गॅास बास कपास नपुगेर हो यो दुनियॅामा । उतिबेला सबै कुराले पुगेका थिए र त चकमन्न थिए । आज नपुगेपछि यो अलौकिक मिथ्या कर्म गर्नथालेका हुन् ।
( रातो कुर्ता सुरुवाल लगाएकी पानी झरिमा दगुरेर दिदीका घरमा प्रवेश )
दुर्गा :– (सेतीका ॲाखामा हेर्दै ) दिदी ! बाआमाले भन्नुभएको …दिदी भेनालाई लिएर छिटो आइज भन्नु भएको छ । बिहानदेखि नै केही पनि नखाइकन बसिरहनु भएका छन् तपाइॅहरुलाई पर्खेर I बाआमाहरु खाना पकाएर दही अक्षता मुछेर; जमरा थालमा राखेर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *