विनति प्रभुमा

हरिप्रसाद निरौला
पी ए ,अमेरिका

किन कोकिलको स्वरले वनमा
उनमत्त गराइदियो मनमा
कति दु:ख र कष्ट छ यो तनमा
दुखयो गहिरो हुनगो मनमा ॥

सब जन्तु र ती जनवारहरु
बिचरा जनवार सरी भइ म
चिडिया घरको छु म शेर सरी
बलबुद्धि भएपनि बाध्य परी ॥

मत शेर हुँ जंगल घुम्न मन
कति तड्पिरहन्छ मनै ल भन
मुस साँप सबै दुलभित्र पसे
चिडिया उडिगै रुखमाथि बसे  II

कतिछन् कतिछन् मनमा रहर
दिन वित्तछ दु:ख र पीर डर
सपनाहरु छन् ति सजाउन म
कतिवर्ष बिते चिड़िया घरमा ॥

सपना अधुरो रहिरन्छ अहो !
उमरै दिनदिन् बितिगै सकियो
किन आज दुखै दुखयो जगमा
भवबन्धन खोल्दिनु होस् सवमा ॥

मनगर्दछ यो विनती प्रभुमा
सब अर्पिकनै प्रभुपाद महाँ
इश यो मनको ध्वनिलाइ सुनी
चिडिया घरबाट छुटाइ दिनोस् ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *