विवाहित कुमारी आईमाई

कथाकार
कथाकार

डेन्जोम साम्पाङ्ग
अमेरिका

“यु नो आइ एम म्यारिड बट अ भर्जिन वमन”

अप्रत्याशित ढङ्गबाट उसले संवाद सुरु गरी । म तिन छक्क परेँ । पार्टीमा अन्य थुप्रै आमन्त्रित प्रतिष्ठित व्याक्तिहरु छन् तथापि एक कुनाको टेबुल नं. ७ मा केवल हामी २ प्राणी मात्र छौँ र छ टेबुलमा ब्ल्याक लेबल । उनी ब्ल्याक लेबलको नसाले बेहोस पनि भएकी होइन, न त उनी पागल नै थिई । अन्य थुप्रै कुराकानीका विषय थिए र हामी बिच संवादको सधैँ सीमा कायम हुँदाहुँदै पनि आश्चर्य ! आज किन उनले यसरी मुख फोरी – “यु नो आइ एम म्यारिड बट अ भर्जिन वमन”। म छक्क मात्र होइन तिन छक्क परेको छु । उनलाई मैले रोमा म्याम भनेर सम्मानित हिसाबमा सम्बोधन गर्ने गरेको छु । उनी राम्रै नाम चलेको राष्ट्र मासिक नारी केन्द्रित अङ्ग्रेजी पत्रिकामा प्रधान सम्पादक छिन् भने खै कुन आई.एन.जी.ओ. को प्रोजेक्ट मेनेजर पनि हुन् । विलासिता उनको सोख हो । म त भन्छु ४५ वर्ष नाघेको सुन्दर बैसालु युवती हुन् उनी ।

मलाई त भन्नै आउँदैन, लेखक उपन्यासकारहरू खुब मिठो गरी नारी वर्णन गर्छन् जस्तै कि वारुली कम्मर, बदामे ओठ, नशालु आँखा….. आदी यी सबै उपनाम, अलङ्कार वास्तवमा उनलाई कमै हुन्थ्यो । म त मोर्डन सोझा भाषामा यसो भन्छु, अनुमानित ५०–५५ केजी मित्र ३५–२५–३६ को आकारमा छ उनको शरीर, साँचै लोभ लाग्दो । मैले भने–
“म्याम यस्तो असान्दर्भिक कुरा आज किन गर्दै हुनुहुन्छ ?” –
“यो कसरी असान्दर्भिक भयो?” प्रति प्रश्न । –
“असान्दर्भिक नभए पनि अनौठो त पक्का हो ।”
– अति आधुनिकताले गाँजेको यो धर्तीमा अब अनौठो के रह्यो? बरु बेला बेला सम्झन्छु अनौठो म मात्र हुँ । – तपाईँ मात्रै चाहिँ किन? – यु फुल, यति पनि बुझ्दैनौँ ? एउटी विवाहित नारी कसरी कुमारी हुन सक्छे? सामाजिक प्रतिष्ठा र उमेरको हकमा म भन्दा उच्च भएकोले सायद उ मलाई “तिमी” भन्ने आदरार्थी प्रयोग गर्थी । उनको यो प्रश्नको उत्तर मसँग थिएन । म छक्क पर्ने क्रम बढ्दो थियो । उनको शारीरिक भाषा र भाषाको मनोविज्ञानले मबाट उसले जीवन भरि नभेटेको पुरुष मर्दाङ्गीनी खोजी रहेको तथ्य म बुझ्न सक्थे । ऊ अझ गम्भीर बन्दै थिई उनको त्यो थपिँदै गरेको गम्भीरपनमा सहजता ल्याउन भनौ उनलाई गिज्याउन यसो भनी पटाउँछु –
“अनि सर, अर्थात् तपाईँको श्रीमान् नपुंसक हुनुहुन्थ्यो हो ?” जुन उद्देश्यको लागि मैले अनियन्त्रित, अलिक बढी नै बोली पठाएका यी शब्दहरूले ठिक विपरीत हिसाबबाट चोटिलो बाण भएर उनको मुटुमै लागेछ क्यार उनी झन् गम्भीर भएर आवेसमा आएर बोलिन – “मेरो सेन्टिमेन्टलाई यसरी उपहास गर्ने आँट कसरी गर्‍यौ? म विवाहित भएर कुमारी रहनुको पछाडिको सम्भाव्यता यो मात्रै हुन सक्छ? तिमी एक बौद्धिक युवकले बुझेका संसारे यति मात्रै हो?” त्यहाँ रहने हामीलाई प्राप्त अनुमतिको आयु प्रायः समाप्त भई सकेको हुनाले थप समय त्यहाँ बिताउनु उपयुक्त थिएन? त्यसैले उनको त्यो आवेश, आक्रोश र छटपटीलाई सम्बोधन हुने आश्वासन दिँदै अपार्टमेन्टमा फर्किने मेरो आग्रहमा हामी हुईकियौं हुन्ड्याइ कम्पनीको 1.6 S MT, 1582CC डिजेल पिएर दौडने इलान्ट्रा कारमा सिधै मिसेस रोमा भिल्ला ।

रातको ११ बजेको हुन्छ । म रोमा म्यामको लिभिङ्ग रुममा हुन्छु । आधा रातमा एकल महिलासँग एक्लै हुनु मेरो लागि अति असहज थियो । म त्याहाँवाट भाग्न व्याकुल थिएँ । त्यतिकैमा, पहिलो मैर्रैज एन्निवर्सआरी गिफ्ट स्वरूप मेरी श्रीमतीले दिएकी आइफोन एप्पल छ क मा श्रीमती कै घण्टी बज्छ छक कै टोनमा । फोन उठाएको मात्र के हुन्छु कर्कश स्वर गुन्जिन्छ मेरो कानैमा – यत्रो रात बिती सक्यो घर फर्कन पर्छ भन्ने तपाईँको होस कहाँ गयो? फेरि पनि म उत्तर विहीन छु । जीवनमा यस्तो हजारौँ प्रश्नहरू छन् जसको उत्तर मसँग कहिल्यै भएन । जाती पहिचानको लागि हो कि भेदभावको लागी ? पुर्खाको भूमिमा सन्तान कसरी शरणार्थी बन्छ ? सम्मान ताको लागी रङ्ग धर्म लिङ्ग आदी बाधक हो त ? राजनीति शासन गर्नलाई मात्र गरिन्छ ? यावत प्रश्नहरू मनमा खेलिरहेको थियो मोबाइलमा श्रीमती के के फलाकी रहेकी थिई । “चियर्स” …… रोमा म्यामको आवाजले म झस्किन्छु । टेबुलमा उही व्ल्याकलेवल । हठ्ठट निर्णय गर्छु । अब तुरुन्त म यहाँबाट निस्कनु पर्छ ।

बिचरी मेरो प्यारो श्रीमती प्रतीक्षामा छिन् विवाह गरेको वर्ष दिन राम्रो बितेको छैन यसरी पर स्त्री सँग रात बिताउनु ठुलो अपराध हो भने मलाई सम्पूर्ण रूपमा माया गर्ने जीवन सङ्गिनी मेरी रुपालाई ठुलो अन्याय हो । म फर्कने तरखरमा लाग्छु । उनी मेरो हात च्याप्प समात्छिन् र बोल्छिन् – अघिको बाचा यति छिट्टै भूलेको? – तपाईँलाई यहाँ सम्म ल्याउने बहाना थियो त्यो । – तिमीलाई थाहा छ वाहानाले कत्रो ठुलो विश्वासमा तसारोपात पार्छ? सत्यको हत्या हुन्छ? बहाना गर्नेहरूले यो स्वर्गीक संसारलाई नरकिय बनाई रहेछ जस्तोकी बाच्नुको मेरो ऊर्जालाई भर्खरै घात ग¥र्यो । – तपाईँलाई थाहा छ यो शरीर, भित्रको आत्मा मेरी श्रीमतीको प्राइभेट सम्पत्ति हो । यो अरूलाई वाढ्न म वर्जित छु । यो मेरो अधिकार बाहिरको कुरा हो । – हो यस्तै आस्था र मर्यादाका कुराहरूको कारण म आज सम्म कुमारी छु । विवाहित भएर पनि अविवाहित । तिमी नै भन जीवन बाँचेकी छु होला ? उनको पिउने क्रम जारी थियो । ऊसँगै पिएको बहाना गरी रहेको थिए म । जति उनी पिउँदै गई उति नै आफूलाई उदाङ्गो पारी रहेकी थिई विवाह भएर पनि कुमारी रहनुको कथा मलाई सुनाई रहेकी थिई यसरी – मेरो ससुरा र मेरो बुवा बिजनेस पार्टनर । उनीहरूको बाचा अनुसार जसको पट्टि वाट भए पनि छोरा र छोरी भए सम्धी सम्धी बन्ने । साँचै भने जस्तै म छोरी र बुवाको साथीको तर्फबाट छोरा जन्मिए छौँ । र भयो के भने हामी ंठूलो भए पछि अन्त अन्तै विवाह गर्छौ होला भन्ने त्रासले हामीलाई सानैमा विवाह गरी दिएछन् । सानो भएको कारण म माइती मै बसेर हुर्कँदै गए उ पनि उतै हुर्किँदै गयो । म हुर्किँदै गए म विवाहित हुँ भन्ने कुराको अवगत गराउँदै लगियो । म एउटी नेपाली नारीको, कुनै पुरुषको हातबाट सिँदुर सिउँदोमा परे पछि पति स्विकार्नु बाध्यता हो बैशले छुँदै गयो म उनको कल्पनामा डुब्दै गए । एस.एल.सी. पछि उच्च शिक्षाको निम्ति उ विदेश गयो म आफ्नै सहरको कलेजमा भर्ना भए । सायद म राम्री थिएछु हजारौँ युवाहरू पछि लाग्थे तर तिमीले भने जस्तै म कसैको निजी भई सकेको थिए त्यसैले ती सबै युवाहरूको सातो खान्थे । कसै कसैलाई त सेन्डलले गाला चड्काई दिएको पनि छु । तर अफसोस ! भाग्य नै खोटो भए पछि कसको के लाग्छ र ? उता उ विदेशमा ओभर डोजको को कारण कहिल्यै नफर्किने गरी अर्को लोकमा मलाई छाडेर बसाई सरेछन् । किरिया बसे म श्रीमान् को नाउँमा धेरै वर्ष सम्म सेतो कपडा लगाएर शोक मनाए । पुनः विवाह गर्ने कहिल्यै जागेन । पछि लाग्न खोज्नेहरूलाई ठाडै खाई दिए । एक्ले सङ्घर्ष गरे अध्ययन अनुसन्धान गरे । आज म सँग सब थोक छ आलिसन भवन, नाम दाम सबै छ तर आज एउटा कुरामा सधैँ पछुतो हुन्छु, म कुमारी नै छु भन्ने कुरामा कसैले विश्वास गर्दैन । किनकि म विवाहित थिए । त्यसैले पति सँग साथ र रात बिताउनै नपाएको तितो यथार्थ र पति प्रतिको मेरो सत्यता आज मेरो निम्ति विडम्बना सिवाय केही भएन । त्यसैले आज तिमीले मेरो कुमारीत्व भङ्ग गर्नै पर्छ आखिर यो सुरक्षित छ भनेर कसैले स्विकारेको छैन । गल्तीमय भएको यो कलियुगमा सत्य कहिल्यै मुक्त नहुने गरी स्वार्थीहरूको कारागारमा थुनामा छ । त्यसैले यसको आडमा मैले धर्म निभाउन खोज्नु मूर्खता हो । नशाले उसको वेहोसी बढ्दै थियो । उनी निरन्तर बोली रहेकी थिइन जसरी उनी ब्ल्याक लेबलको प्याक थपी रहेकी थिइन । उनी थप भन्दै थिइन – आजकल त मलाई थप बैँस दोहोरिएर आए पनि हुन्थ्यो जस्तो लाग्छ । ४५–५० वर्ष पुगी सके, अहिले पो तरुनी भए जस्तो बैसालु भए जस्तो लाग्छ । कुनै तन्देरीले जिस्काए पनि हुन्थ्यो जस्तो लाग्छ हि… हि…. हि…. हि…. लामो हाँसो हास्छिन् ।

“आइ लभ यु”………..  भनेर प्रेम प्रस्ताव राखे पनि हुन्थ्यो जस्तो लाग्छ । सबै सबैलाई कलियुग लागे पछि मलाई पनि त यसले छुनु प¥यो नि त, होइन र? मैले सत्य थामेर कहाँ थामिन्छ ! आऊ अनि निसंकोज आऊ सत्य सकिएको सत्य म पनि अनुभव गर्न चाहन्छु किनकि सत्यलाई अस्विकार्ने यो कलि युगमा म पुनः दोहोरिन चाहन्न? यतिन्जेलसम्म उनी पूर्ण अनियन्त्रित भैसकेकि थिइन् नसाले । बिस्तारै उसलाई म बिस्तारामा पल्टाई दिन्छु । उनी बर्बाराइ रहेकी थिई के के … केही क्षण उनलाई निर्निमेष हेरी ररहेँ । कति चम्किलो अनुहार, कति आकर्षक नितम्ब, छुऔं छुऔं लाग्ने कामुक कामुक वक्षस्थल । सत्य, यौनको हिरा मोतीले भरिएको कसैले उत्खनन नगरेको शरीर थियो त्यो किनकि मेरो पुरुष आँखाले उनी कन्या होइन भनेर शङ्का सम्मगर्न सकेन । उनै क्रमशः निदाउँदै गइन। कोरियन व्ल्याङ्केटले उनको शरीर ढाकी दिएँ ।

आज धेरै पछि सम्झी रहेछु, मैले आफ्नो श्रीमतीको लागि पतित्व जोगाएर धर्म गरेँ कि र म म्यामको त्यो कुमारीत्वलाई सम्बोधन नगरेर पाप गरेँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *