वैशाखको धुप श्रावणको भेल

मोतीराम रिजाल
ओहायो, अमेरिका

वैशाखको धूपमा पनि सु:ख पाईँन मैले ।
श्रावणको बाढी पहिरो भन्न पाईँन मैले । ।

छोरा छोरी पालेँ तालेँ यही भारीको भरमा ।
जीवन भरि कहिल्यै पनि सुदृएन मेरो भाज्ञ । ।

चैत बैशाख्को आँधी बेरी, श्रावणको बाढी ।
हाम्रो कुना काप्चामा पुगेको थिएन मोटर गाडी । ।

रातदिनको रासन पानी सुन्तलाको भारी ।
हिँड्नु पर्ने भिरको बाटो ज्यानको माया मारी । ।

यसै गरेर सारा जीवनको दु:ख काटियो ।
दु:ख पिडा त्यो देशमा कति काटियो । ।

वारि छन् माइला दाइ, पुछ्दै दु:खका पसिना ।
पारी माइली भाउजू, हेर्दै खुसीहरू साना मसिना । ।

सानै छ भुन्टे तर पिठ्युँमा ठूलो छ भारी ।
डरै डरले तपै तपले हिँड्नु छ कठै बरी । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *