शरणार्थी 

मधु घिमिरे
मेसाचुसेट्स, अमेरिका

हेर हेर सखी हो शरणार्थी
वेदना तनभरि छरपस्ट
देशको छ मनमा अति याद
छैन भोक उसमा न छ नीद
बस्छ सूक्ष्म कुटीझैँ छ कटेरो
मान्छ यो महलझैँ अति पियारो
खोज्छ शान्ति अनि नित्य सुरक्षा
छन् अथाह उसमा पनि इच्छा
आशु झार्छ कहिले मुख सुक्छ
पिर मान्छ बबुरा दिल दुख्छ
हेर्छ माथि नभमा ग्रह तारा
खोज्छ आफूप्रतिको अभिभारा
देह छैन उसको त मरेको
जोस पत्थर सरि छ बनेको
सीप तालिम मिले परिपक्व
बन्न खोज्छ भरिलो र सशक्त
बोझ बन्छ कतिको शरणार्थी
तुच्छ भन्छ कतिले शरणार्थी
दिन्छ कोही उपदेश र अर्ती
भाग्य हो कि बनिने शरणार्थी |
आशु झार्छ कहिले मुख सुक्छ
पिर मान्छ बबुरा दिल दुख्छ
हेर्छ माथि नभमा ग्रह तारा
खोज्छ आफूप्रतिको अभिभारा
देह छैन उसको त मरेको
जोस पत्थर सरि छ बनेको
सीप तालिम मिले परिपक्व
बन्न खोज्छ भरिलो र सशक्त
सोच्छ खोज्छ शिशुको त भविष्य
बुन्छ फेरि मनमा अरू चित्र
हो मनुष्य बिचरा शरणार्थी
होस् सबै मनुजको मधु दृष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *