शान्तिपूर्ण देश हाम्रो

इन्द्र प्रकाश खवास
अमेरिका

आज भोलि कोनी किन मनमा विरह चल्यो
शान्तिपूर्ण देशमा हाम्रो किन आगो बल्यो ।

हिडदा हिडदै हात खुट्टा के ले आज गल्यो,
वेदनाका गाँठो किन औधी सलबलाई चल्यो ।

सारङ्गीको धुन हाम्रो मनको मझेरीमा
सनाई र नरसिङ्गा पुग्यो सजेरिमा

देउरालीमा हेर्दा हेर्दै आँखा किन गल्यो,
शान्तिपूर्ण देशमा हाम्रो किन आगो बल्यो ।

नभुल है देशको माया प्यार गाउँले साथी भाइ
शान्तिपूर्ण देशलाई पनि बाढीले लान्छ बगाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *