शिर दहन

कुबेर कुईकेल ‘भुवानेटारे’
मासाचुसेट्स अमेरिका

 

मरण असली भूटानीको भान्से असती उ
हरन सकली भूटानीको ठालू नकली उ
अगि पनि भो त्यो पञ्चेको पापिष्ठ प्रपञ्च
पछि पनि भो भ्रष्टेको त्यो नेता ढाल र मञ्च

पसल नकली लाखौं लाखौं भो आश्रय भ्रष्ट
नियत वध भो मन्त्री लोभी मन्त्रालय दुष्ट
छलकपटको जालो कस्तो बिछ्याइ ठगाइ
घुस गडबडी नेपालीको पैचान लुकाइ

ल दल बलको कालो काई दुर्गन्ध बडेछ
अत खलबली नेपालीको सम्मान मरेछ
खल खलकको नेता मन्त्री खादै मल अंश
शिर दहन भो नेपालीको लज्जास्पद वंश

कति शरणको फैदा आफ्नो पोल्टो भरियो त
अति पतन त्यो नेता मन्त्री गिद्धे नयनी त
ग्रहण नकली द्रोही मन्त्री मैलो कर मेच
हरण हक भो भूटानीको मन्त्रालय नीच

खबर खबरी नेपाली हो दोषी ठग चिन्नु
मत मद नसा मैत्री हाल्दा आफ्नो कर पिन्नु
सदन सडनी माटो बेच्ने मिल्काउनु पर्छ
शिर सगर हो गोर्खालीको उच्चा हुनु पर्छ

छन्द -हरिणी
III IIS, SSS S, SS IIS I

Leave a Reply

Your email address will not be published. Required fields are marked *