शिशिरे मान्छे
नारदप्रसाद आचार्य ‘सुदामा’
पेन्सिल्भेनिया अमेरिका
ऐना अगाडी ठिङ्ग उभिएर
नसामा अतिथ्यको विष घोलेर
चन्द्र सूर्यको आँखामा कसिङ्गर ठोसेर
फोहरी रौसे खहरे जस्तै गडगडाएर
चुस्कीमा गिदीको गुदी बेचेर
अमर बनेको ढाडस
देखाउँछस् कहिलेसम्म?
वैभवको वर्षा गर्नु पर्दैन नीच
धरामा उद्यमी पसिना रोपेर
कर्मको सर्वोत्तम अनुकम्पाले
वसन्तको फूल फुलाएर
उपल्लो शिखर प्राप्ति गरेर
उपाधिको माला लगाएर
विजयोत्सव मनाउनु पर्छ
जो कि स्वयम् वैद्य
स्वयम् रोगी भएर हैन ।
शुक्ष्मः कविता