शीत युद्ध

यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका
मौन मेरा यी नयन बोल्न थाले अचेल
विश्वासका खम्बा सबै चल्न थाले अचेल
हिजो देखेँ आज भोगेँ भोलिको के हुने हो
मनका कुरा आगो बनी बल्न थाले अचेल
उठ्न थाले पाइला चाल्न मेरा पाउहरू
मरेका ती इच्छा मेरा चल्न थाले अचेल
संस्कार र धर्म बिच हुन्छ युद्ध मनमा
सभ्यता मै प्रश्नहरू फल्न थाले अचेल
अनेकतामा एकता थ्यो मेरा शरीरमा
झुन्ड भई अङ्ग अङ्ग डुल्न थाले अचेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *