शुभकामना दिनेहरुप्रति

शिवलाल दाहाल
खुदुनाबारी

‘कवितामा जस्तै माया पनि उन्नति गर्नुहोस्’
प्रकाशजी ! यो शुभकामना
तपार्इंको मायाप्रतिको विश्वास हो कि
मेरा कविताप्रतिको प्रेम ?
मैले सुनेको थिए
प्रेम र गणीत जसरी गरे पनि हुन्छ
हो एक दशकभन्दा बढ्ता
मैले गणितका सुत्र केलाएँछु
तर तपाईँले प्रेमको गणितमा मलाई धेरै उछिनी सक्नु भएछ
जीवनको सुत्रवद्ध गर्नै नसकिने गणितले
झण्डै–झण्डै आधा उमेर वितिसकेछ
थाहै नपाइकन !
यतिखेर पो प्रमको महत्ता बुझ्दै छु
तपाईंले भने झै प्रेमको महानता स्वीकार गर्न अझै समय लाग्दो हो
म कोसिस गर्नेछु
तपाईं जस्तै धेरै धेरै प्रियजनको कामना यही छ
सवैप्रति म आभार छु
म त दाम्पत्य प्रेमको संसारमा भर्खरै प्रवेश गरेको छु
साँच्चै भन्नु हो भने प्रेमको पहाड भए
म त त्यसको फेदमा मात्र छु
प्रकाशजी ! कति सहज–असहज होला त्यो पहाड उक्लिन ?
जे होस् रनु र मैँलेसंगै त्यो पहाड उक्लिने अठोट गरेका छौँ
सबले सफलताको कामना गर्नु भएको छ
कसो शिखर नउक्लिएला र ?
तर, प्रकाशजी !
कहिले कहीँ गणीतका सुत्रहरु पनि ठुस्स पर्छन्
र मनाउनै गाह्रो पर्छ
कुनै दिन रनुले पनि त्यसै गरिन् भने के गर्ने हँ ?
डर पनि लाग्छ
तर त्यसो नहोला
रनुले मैँलेभन्दा जीवन –संघर्षलाई बढ्तै बुझेकी होलिन्
उनका प्रेमका स्पर्शहरु पनि राखेर
कविता गर्न सकेँ
प्रकाशजी !
ती झन् कति प्रिय हुँदाहुन्
म लेख्ने कोसिस गर्ने छु
शुभकामना दिने सबकाप्रति
मेरो र रनुको पनि अन्तर्हृदयको शुभभाव

जेष्ठ १३,२०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *