शुभकामना

कवि
कवि

बि. बि. भूटानी पौडेल
टेक्सास, अमेरिका

आगामी विजया दशमी तथा दिपावलीको शुभ अवसरमा
अन्याय र अत्याचारको बिरोधमा कम्मर कसी
लागिपरेकाहरुमा धेरै-धेरै शुभकामना छ !

कुलागांग्री र ज्होमोलाहारीलाई माया गर्नेहरुमा
त्यहाँको दृश्य अवलोकन गर्न

चाहनेहरुमा
ह्रदय देखिनै शुभकामना छ !!

देश र सम्पूर्ण जनजातिको भलाइमा
छातीमा गोली थापी बाँच्ने ढुकढुकीका

 प्रत्येक
स्पन्दनदेखि नै धेरै-धेरै शुभकामना छ !!!
अनि हकअधिकार खोज्नेहरुमा
नयाँ बिहानीको शितलहरुसंगै

धेरै-धेरै शुभकामना !!!!

2 Replies to “शुभकामना”

  1. Srikrishna Pulami

    सर म हजुरको विधार्थी हो । प्लिज तपाईको ईमेल लेखिदिनु न यहाँ मैले तपाईलाई धेरै मिस गरि रहेको छु । प्लिज सर ल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *