शोक !!

कवि
कवि

प्रतिमान सिवा
ओहायो, अमेरिका

हे प्रिय !!
आऊ आज,
यो सुन्सान साँझमा,
यो सन्नाटामा,
यो एकान्तमा,
तिमी र म
एक्दम सन्तप्त भएर,
विक्षिप्त भएर,
वेदनाका प्रलय बगाएर,
हिक्का-हिक्कामा बिलौना गाएर,
हामी शोक मनाऊँ ।

तिमी बर्मा र भुटान सम्झेर रोइदेउ,
म डिग्बोई र आसाम सम्झेर रोइदिन्छु ।
तिमी धने र न्यासुर सम्झेर रोइदेउ,
म जयमाया र मेरी आमा सम्झेर रोइदिन्छु ।
तिमी नेपाली र भुटानीको दोधारमा उभिएर रोइदेउ,
म भुटान, नेपाल र अमेरिकाको त्रिकोणभित्र पसेर रोइदिन्छु ।

तिमी पनि रोउ, म पनि खुब रुन्छु,
हाम्रो लट्पटिँदै गएको जिब्रोको समाधी छेउ,
लम्पसार परेर रोईदेउ,
म हाम्रा विस्थापित सपनाहरुको यादमा,
छाती कुटी कुटी रोईदिन्छु ।

आऊ प्रिय !!
हामी शोक मनाउँ ।
तिमी देशको लागी रोईदेऊ,
म भेषको लागी रोईदिन्छु ।
म तिम्रो लागी शोक मनाउँछु,
तिमी मेरो लागी शोक मनाउ ।

प्रतिमान सिवाका रचनाहरू:
[feedzy-rss feeds=”http://bhutaneseliterature.com/writer/pratiman-siwa/feed” max=”5″ feed_title=”no” target=”_parent” title=”150″ meta=”no” summary=”yes” summarylength=”400″ thumb=”no” ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *