सम्हाल देशहरू

कवि
कवि

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलिना, अमेरिका

पश्चिम दिशा देखि कुइरो आयो
सबैतिर बाँजा बजायो
पागल नभई कन्न
पहिले नै सम्हाल केशहरु
सम्हाल भाषाहरु
सम्हाल भेषहरु
ऊ आयो आँधि
सम्हाल देशहरू ।
आँधिले उडाँइदेला सबै
आफू बसेको बासहरु
बतासले खोसिदेला सबै
मौलिक अधिकार र भाषाहरु
यो आँधिलाई ख्याल नसम्झि
नछोड दृष्यिाहरु
आँखामा सुकाई देऊ
लुकाऊ वृष्टिहरु
सुनाँउदैछ शुसेलिका मन्त्र
ती भरिला ब्यथाहरु
ऊ आयो आफ्नो बणी
बोकेर चिनोहरु ।
जोगाँऊ ती प्यारा मुर्खाका
गौरव र गाँथााहरु
सम्हाल भाषाहरु
सम्हाल भेषहरु
लौ आयो आँधि
सम्हाल देशहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *