सलाम छ भूटान आमालाई

बलि भट्टराई / अमेरिका Bali Bhattarai

सलाम छ भूटान आमा तिमीलाई
जटिलतामा मलाई सहयोग गरिदिएकोमा,
वर्षौँवर्ष तिम्रा सन्तान मेरै काखमा हुर्के, बढ़े
मेरा सन्तानसँगै मिली आँगन भरिदिएकोमा ।

परस्परमा हामी दुई साह्रै गाढ़ा मित्र हुनुपर्छ
तिम्रा मेरा सन्तान द्वयले मनको मैलो धुनुपर्छ ।

सलाम छ भूटान आमा तिमीलाई
रोएका मेरा सन्तानको केही दुःख हरिदिएकोमा
यो माटोमा खडेरी लागी मरूभूमि भइसकेको थ्यो
तिम्रा सन्तान आई यहाँ बीउ बिरुवा छरिदिएकोमा ।

अब हामी दुई एकार्काका निकै गाढ़ा मित्र हुनुपर्छ
तिम्रा सन्तान जहाँ छन् मेरो अभावमा ती रुनुपर्छ ।

सलाम छ भूटान आमा तिमीलाई
समस्या परेको बेला तिमी यता सरिदिएकोमा
मेरा रोइरहेका आँखा अगाडि तिमी आएर
मेरो घाउमा मह्लमपट्टी लगाउन लागि परिदिएकोमा ।

अब हामी परस्परमा निकै मिलनसार साथी हुनुपर्छ
हामी दुबैलाई सन्तान वियोगको पीडाले मनमा छुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *