सलाम छ भूटान आमालाई

कवि
कवि

माया भट्टराई
केन्टकी, अमेरिका

सलाम छ भूटान आमा तिमीलाई !
जटिलतामा मलाई सहयोग गरिदिएकोमा
बर्षौँबर्ष तिम्रा सन्तान मेरै काखमा हुर्के, बढ़े
मेरा सन्तानसँगै मिली आँगन भरिदिएकोमा ।

परस्परमा हामी दुई साह्रै गाढ़ा मित्र हुनुपर्छ
तिम्रा मेरा सन्तान द्वयले मनको मैलो धुनुपर्छ ।

सलाम छ भूटान आमा तिमीलाई
रोएका मेरा सन्तानको केही दुख हरिदिएकोमा,
यो माटोमा खडेरी लागि मरूभूमि भइसकेको थ्यो
तिम्रा सन्तान आइ याहा बिउबिरूवा छरिदिएकोमा ।

अब हामी दुई एकार्काका निकै गाढ़ा मित्र हुनुपर्छ
तिम्रा सन्तान जाँहा छन् मेरो अभावमा ती रूनुपर्छ ।

सलाम छ भूटान आमा तिमीलाई
समस्या परेको बेला तिमी यता सरिदिएकोमा
मेरा रोइरहेका आँखा अगाडि तिमी आएर
मेरो घाउमा मलमपट्टी लगाउन लागि परिदिएकोमा ।

अब हामी परस्परमा निकै मिलनसार साथी हुनुपर्छ
हामी दुवैलाई सन्तान वियोगको पिडाले मनमा छुनुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *