साना कुरा
जय हुमगाई
क्यानाडा
साना साना कुराको
कत्रो ठुलो काम
सानै देखि थाले काम
पछि रहला नाम।
दाना दाना भेला गरे
भरि हुन्छ पाथी
राम्रो काम गर्दै गए
धेरै हुन्छन् साथी।
बिरुवा सानु रोपे मात्र
ठुलो हुन्छ रूख
ध्यान लगाई पढे मात्र
पछि हुन्छ सुख।
सय हुँदै हजार बन्छ
हजार बन्दै लाख
साना- तिना कुरालाई
मन भित्रै राख।
त्यान्द्रो-त्यानद्रो भेला गरी
चरी लाउँछ गुँड
ज्ञान गुणका कुरा राखी
अरू सबै छोड ।
स्वर-वर्ण जोड्दै जाँदा
बन्छ बाह्रखरी
झुट्टो कहिले टिक्ने छैन
सत्य जान्न झरी।।