सानु

कवि

विशु निछा
अस्ट्रलिया

तिमीले उसलाई
अमूल्य विश्वासहरू दियौ
जिन्दगीका हरेक पलहरू सुम्पिदियौ
रसिला चुम्बन र मायालु अंकमालहरुरू दियौ।

तिम्रो समर्पणको सट्टामा उसले
तिम्रा आँखाभरि आँसु उपहार दिएर गयो
अधरभरि पीडादायी मौनताहरू दिएर गयो
तिम्रो मन र मुटुभरि
असह्य चोट र वेदनाहरू दिएर गयो ।

सानु
संसार काँडाहरूको बस्ती हो
घातहरूको सहर हो
तिम्रो विश्वास र प्रेमलाई
यो भीडले चिन्दैन
तिम्रो मूल्य र समर्पणलाई
यो हल्लाले बुझ्दैन।
त्यसैले,
मुस्कान ओढेर हिँडेका कुटिलताहहरूलाई तिमीले चिन्नु।
मोतीको जलप पोतेर हिँडेका ढुंगाहहरूलाई तिमीले चिन्नु।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *