सिंगे अझै सिंह बन्दै छ ?

डिल्लीराम शर्मा आचार्य
क्रागेरो, नर्वे

थ्यो राम राज्य अब छैन स्वदेशमहाँ
गोला र बारुद फुटीकन झर्छ जहाँ ।
डुक्पाहरु पनि अझै कति पिञ्जरामा
थूनेर खून चुसदै मरछन् नि राम !

कुत्ताहरु रगतमा लरी हाड लुच्छन्
सक्छन् र टिक्न पछिसम्म नुहेर भुक्छन् ।
सिंगे छ सिंह अझतक् नरभक्षतामा
आनन्द मान्दछ जति भ्रमरो लतामा ।।

नारी भए उ,पनिता कति वेश्य बन्थ्यो
सारा समाज मिलि हुत्त हुत्याइ दिन्थ्यो ।
राजा भयो शिवहरे ! भन के रहन्थ्यो
पानी सरी भइदिए पनि ता बहन्थ्यो ।।

लज्जा र घीन रतिछैन ममत्त बन्छ
राँगो कि मानिस भनी कसले पो चिन्छ ।
उम्रेछ बाँस विरुवा पनि वंश जस्तै
फिर्दैन बुद्धि अति मूर्ख छ पुत्र उस्तै ।।

सम्झन्छु भित्र सबचित्र जुरुक्क उठ्छ
चिरिन्छ देह अनि जल्छ र भित्र फुट्छ ।
राजा र देवताहरु सब एक हुन्छन्
भन्नेहरु पनि ढले भन को रहन्छन् ।।

राजा त राक्षस भए खूनमात्र प्यूने
रैती लखेटिकन आफु मजाले ज्यूने ।
त्यस्तो कुदुच्छर अहो ! पछिसम्म बाँच्छ ?
ज्ञानेन्द्र झैँ निचगति त्यसको रहन्छ ।।

हूँदैन यन्त्र पनि पाप कसोरि नाप्ने
सम्युक्तराष्ट्र पनि मख्ख परेर नाच्ने ?
सक्तैन गर्न अधिकार बखानमात्र
ग्र्छन् कठैबरिबरा ! किन प्रेम् विगार्ने ??

One Reply to “सिंगे अझै सिंह बन्दै छ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *