सिउँडीको फूल

कृति परिचय

तिलक राई कृत ‘सिउँडीको फूल ’ कविता सङ्ग्रह हो । यस कृति भित्र ३७ वटा कविता छन् । यहाँ शरणार्थी जीवनका भोगाइ, भूटानी शासकको विरोधका साथै सामाजिक र संस्कृतिका कुरा उठाएको पाइन्छ । अन्यायको विरुद्ध र मानव अधिकारको पक्षमा नै कवि राई बोल्छन् ।

कविले आफू बसेको परिवेश वरिपरिका कुरा टपक्क टिपेर शब्दमा उन्न सक्नु उनको विशेषता हो । यो उनको पहिलो कविता सङ्ग्रह हो ।

सहिदहरू प्रति समर्पण गरिएको यस पुस्तक इन्डिगो इन्क प्रा.लिले २०७६ सालमा प्रकाशन गरेको हो । पुस्तकको मूल्य नेपालमा २४९.०० रुपियाँ भनी लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *