सिमानामा चेली

कवि

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

आँखा अघि धर्तिमा छटपटाउँछन् चेली
सिमाना तरी छिमेकी पट्काउँछन  गोली
नजरबन्द भो अन्धकारमा आफ्नै देशभरि
असमान सन्धिले जट्काउँछन् नेपाली बोली

मुर्दावाद मुर्दावाद विस्तारवाद
रात रात सन्धि हुन्छ झन्डा ढलाउने
अघिपछि नारा हुन्छ मन्दी हटाउने
जबरजस्ती बजारिन्छ छातिमा बुट
कहिले हुन्छ राष्ट राष्टमा एक जुट

बर्मा, भुटान, सिकिम..नेपाल हुँदौ उठ
लुटिएको सिमाना फिर्ता लिन जुट
असमान सन्धिले देश टुक्राउँदैछ
बम बारुद पड़्काउँछन् विचार खोजी लाग

एकताको गाथा गाउन सबै मिली लडौं
वीरको स्वाभिमानलाई उच राखौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *