सुनेको सुखभन्दा भोगेको दुःख नै वेश हो

कवि

कमलापति सुवेदी
केन्टुकी
, अमेरिका

कोही गोठमहाँ त कोही घरमा कोही त खेतीमहाँ ।
कोही कार्यालयैमहाँ पनि त छन् कोही त फौजिमहाँ ।।
कोही सुखमहाँ त कोही दुःखमा कोही त परदेशमा ।
पैसाकै पछि लागदा दुःख हरे पुगिन्छ नीच कर्ममा ।।

कङ्गाल होइन ऊ प्रशस्त भूमकै मालिक भए तापनि ।
सुन्दैमा सुख भोग भोग्नकन ता बेचिन्छ भूमि पनि ।।
पैसाकै पछि लागि लम्पट हुँदै अस्तित्व त्यागी दिँदै ।
पुग्यो बल्ल समुद्र पारि अरुको त्यो क्षुद्र आशा लिँदै ।।

समपन्नै परिवारकै सुखमहाँ भित्रै बढ़ेको हुँदा ।
घाम-पानी र कठोर कामहरूको शासनसमेत भोगदा ।।
झेलनेलदेखि लिएर त्यस मुलुकका लड़ाकूका हातमा ।
पुग्नासाथ झल्याँस्स आई घरको ऐश्वर्यको सम्झना ।।

फर्किऊँ घरमा भने त करमा पैसैबिनाको हुँदा ।
रुनुमात्र शिवाय छैन अरुको विदेशमा पुगदा ।।
आमा-बाबु र पत्नी नानीहरूको मधुर प्रेम सम्झँदा ।
पाऊँ देख्न कहाँ कति रहूँ यहाँ झेल्दै पराधीनता ।।

कान्छो वाक्क भएर पूर्वघरको स्वतन्त्रता सम्झँदा ।
सम्झिँदै चिट्ठीपत्र लेख्छ दिनहुँ पराधीनैमा छँदा ।।

सौजन्य-भूटान आजको परिप्रेक्षमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *