स्वास्थ्यकर्मीहरूप्रति

मधु घिमिरे
मेसाचुसेट्स, अमेरिका

हे प्यारा सब नर्स डाम्टरहरु मेरो नमस्कार छ
सेवामुखी यि हात-दिलको औधि नि सम्मान छ
कोरोना अति त्रास रोगबिच जो खट्ने यि रातोदिन
साक्षात् देवि र देवता जगतमा आत्मा यिनका हुन

छन् होला विचरा शिशु र बचरा यिन्कै घरैमा पनि
बाजी राखी त ज्यानको अघि सरे रोगी बचाऊँ भनी
लाग्दो हो मनमा अशान्ति मनमा जहिल्यै सम्झेर यस्तो पल
रुँदा हुन् विचरा मनै मन अहो लीई मुखैमा जल

सेवा नै सब धर्म मानी दिलमा बिर्सेर आफ्नो पन
यस्तो त्रासदी रोगको बिचबिचै बाँची रहेका छन
आयो के दिन यो सबै घर महाँ वास्ता हुने भो अरे
बीदा छैन यि स्वास्थ्यकर्मीहरूको भोलि न आजै भरे

टाढा नै रहनु छ फीट बिचको दूरी मिलाइकन
भन्छन् यो अरूलाई हुन्न उनमा यो विधिको पालन
सेवामा कमि छैन एक पल नै बिरामीका खाँतिर
पुग्दो हो खुसी भै बिरामीहरूले आशिष् दिए आखिर

हामीले घरमा बसीकाना बडो खुल्ला मनैले पनि
सक्दो यो सहयोग गर्नु छ सबै बाँचौ बाचाऔँ भनी
चाँडै जाति बनुन् भनी छ बिनती जो जो बिरामी छन
आत्माशान्ति मिलोस् ती वीरहरु जो स्वर्गै भएका छन जो

Leave a Reply

Your email address will not be published. Required fields are marked *