स्व केन्द्रित

डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
मेरो कानले जे सुन्छ
मेरो छालाले जे थाहा पाउँछ
मेरो नाकले जे सुगन्ध/गन्ध थाहा पाउँछ
मेरो जिब्राले जेजस्तो स्वाद पाउँछ
र मेरो आँखाले जे देख्छ
यी सबैको सञ्चार प्राप्त गर्ने मेरो मस्तिष्क
र म आफैँबिच
धेरै विवाद चलिरहन्छ।
रक्तसञ्चार यातायात गराउने दुवै कोशिका,
जो मेरो मस्तिष्कलाई ऊर्जा बडाईरहन्छन्,
यिनीहरू मेरै मस्तिष्कमा तापक्रम बढाउन तल्लीन देख्छु।
म आफू भने शान्त शून्य र मलिन् नै रहन्छु।
यो, म र मेरै मस्तिष्क बिचको विवादमा
म नै जित्न चाहन्छु।
म स्व केन्द्रित रहन चाहन्छु।
मेरो दिमागले मलाई निर्देश गराउनु भन्दा
म उसलाई निर्देश गराउन चाहन्छु
मलाई “यसो गर, उसो गर” भन्नू भन्दा
म आफू आफ्नै विकल्प रोज्न सकूँ।
मलाई यो पनि थाहा छ कि
मैले यसो भनिरहँदा, आलोचना पनि धेरै आउनेछन्
अरूको मप्रतिको धारणा फरक हुनेछ
मलाई खिल्ली उडाइनेछ
म यस्तो र उस्तो हुनेछु
तर, अरूको म प्रतिको धारणाले
मलाई खलबल्याउनु हुँदैन, असर गर्नु हुँदैन
अरूको म प्रतिको धारणा/ सोच
मेरो वास्तविकता होइन र हुनु पनि हुँदैन।
जीवन जिउन सजिलो छैन, थिएन पनि
हरेक दिन, हरेक पल सङ्घर्ष गर्नै पर्छ।
आफूले आफैमाथि लगानी गर्नै पर्छ
आफूले जे गर्नु छ, जे हुनु छ र जे सोच्नु छ
आफ्नैलागि हुनुपर्छ
आफ्नो कथाको पात्र आफै हुनुपर्छ।
प्रख्यात लेश ब्राउन ले भनेका छन्
“मसानघाट संसारको सबैभन्दा धनी ठाउँ हो
यहाँ तपाईँले
अनगिन्ती आशा-सपनाहरू दबिएका पाउनुहुनेछ
नलेखिएका/नछापिएका पुस्तकहरू दबिएका छन्
धेरै आविष्कारहरू दबिएका छन्
जो आविष्कार हुन नपाई दबिए
धेरै नगाइएका गीतहरू दबिए
किन कि,
तिनीहरूले आफूमा लगानी गर्न चुके
हामी त्यसरी न-दब्युउ
आफ्नालागि केही गरौँ, आफ्नै लागि लगानी गरौँ
स्व-केन्द्रित रहौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *