हराउन लागेको स्वर्ग

कवि
कवि

डिल्लीराम रेग्मी
ओहायो, अमेरिका

मलाई थाहा छ
यो सहरलाई खुसी राख्न
धेरै नुनिला हसाइहरु चाहिन्छ
म हासिदिन्छु यो सूर्य डुबिन्जेल
म हासिदिन्छु यो रात रहुन्जेल

म ढलेको बेला
मैँले मेरो सोचाइमा
तिम्रो मुटुलाई सम्जेको थिएँ
मेरो रगत पुल मुनिको पानीमा बिलाएझैँ
तिम्रो तस्बिर पर बिलाइरह्यो
धेरै जाडो, धेरै चिसो यो रातमा
यो एकोहोरो बगेको पानीले
तिमी सरह जिउने
मेरो तृष्णा बगाइरह्यो।

डडेलो लागेको कुहिरोमा हेर्दा
सूर्य रोएझैँ लाग्छ
रातैभरि कराइरहने
भुस्याहा स्यालहरुदेखि
जूनले अनुहार कालो रनतमै लुकाएको छ
म त्यही डडेलो लागेको आकाशको धुवाँमा
तिम्रो तस्बिर कोर्न थालेको छु
तर जूनको साथ नहुँदा
र बलुवा अंगाल्न नसक्दा
तिम्रो जवानी खुल्न सकेन

म नजन्मिदै जन्मेका मेरा इच्छा
म पूर्व जन्मेका मेरा इच्छा
तिमीलाई साक्षी राखी
तिम्रै हुन पुग्ने इच्छा
फेरि पनि जेलर सामु पुगेका छन्
त्यही लात खान
त्यही घात खान
त्यही बज्रपात खान
मेरो कैयौँ कोसिस
मेरो सम्पूर्ण ऊर्जा लगाएर
मनैदेखि अपनाउन खोज्छु
त्यो रातै पश्चिमी बादल
तर,
पचlसौँ ताराहरुबिच रहेकी तिमी
तिमीलाई कसैगरी
आफ्नू पुकार्न सक्ने मनसाय भएन
हरेक तारामा मेरो मन जोडिन सकेन
मेरा हरेक रगतका बुँदले
कुनै तारालाई भिजाउन सकेन
म प्रत्येक दिन प्रत्येक रात
अवधिले छरेको विषलाई निस्तेज पार्न
हत्केलाका रेखा रेखामा
अमृत बोकी यत्र तत्र सर्वत्र छर्किरहेछु
जसलाई मेरो पुस्तौले छर्किरहनेछ
अज्ञानावस!!!!!!!!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *